सिटिइभिटीले बढाएको शुल्क खारेज गर्न डा. केसीको माग

सिटिइभिटीले बढाएको शुल्क खारेज गर्न डा. केसीको माग
+
-

काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पछिल्लो समय सिटिइभिटीले नर्सिंगलगायतका विषयमा बढाएको शुल्क खारेज गर्न माग गरेका छन्।

डा. केसीले मंगलबार विज्ञप्ति जारी गर्दै बढाएको शुल्क खारेज नभए कडा आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएका छन्।

‘शुल्क बढाउने निणर्य तत्काल खारेज गर्न तथा यसअगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौ,’ उनले भनेका छन्, ‘त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम शुरु गर्न बाध्य हुने जानकारी पनि गराउन चाहन्छौँ।’

सिटिइभिटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण शुल्क बढाउने निर्णय भएको उनको भनाइ छ।

यस्तो छ डा. गोविन्द केसीको विज्ञप्तिः

हामी लामो समयदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र सुशासनका लागि संघर्षरत रहेको सबैलाई अवगत नै छ। यसै क्रममा मेडिकल शिक्षाको क्षेत्रमा व्याप्त बेथिति र नियामक निकायमाथिको दलीय हस्तक्षेप तथा माफियाहरुको प्रभावविरुद्ध हामीले बारम्बार सत्याग्रह गरेका छौं।

पछिल्लो समय सिटिइभीटीले नर्सिंगलगायतका विषयमा चर्को शुल्क बढाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। देश आर्थिक रुपमा थङ्थिलो भएको तथा सर्वसाधारणको आय खुम्चिएको अहिलेको समयमा शुल्क बढ्नु नै आफैंमा विडम्बनाको कुरा हो। त्यसमा पनि एकै वर्षमा २५–३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने निश्चित छ।

सिटिइभीटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो अचाक्ली निर्णय भएको हाम्रो ठहर छ। त्यसैले नियुक्तिमा दलीय भागवण्डाको विरोध गर्दै पदाधिकारी नियुक्तिका मापदण्डसहितको कानुनी व्यवस्थाको माग गर्दै हामीले लामो संघर्ष गरेका छौं। नियुक्तिमा स्वार्थको द्वन्द्व रोक्ने व्यवस्थाको माग पनि हामीले लगातार गरिरहेका छौं। तर कुनै पनि सरकारले अहिलेसम्म दलसम्बद्ध माफियाहरुको स्वार्थभन्दा माथि उठेर काम गर्न सकेका छैनन्।

साथै चिकित्सा शिक्षा ऐन अनुसार चिकित्सा शिक्षा आयोग बनिसकेको आजको अवस्थामा आयोगको परामर्शविना सिटिइभीटीले यस्तो निर्णय गर्नुसमेत गलत र बदनियतपूर्ण देखिन्छ।

त्यसैले शुल्क बढाउने निणर्य तत्काल खारेज गर्न तथा यस अगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं। त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम शुरु गर्न बाध्य हुने जानकारी पनि गराउन चाहन्छौं।

डा गोविन्द केसी

२०८० साउन २ 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष