पोखरामा फेवातालपछि सबैभन्दा बढी अतिक्रमणको चपेटमा फिर्केखोला छ। काठमाडौंको टुकुचाको जस्तै हविगत फिर्केखोलाले भोगिरहेको छ। पोखराको बीचबाट बग्ने फिर्केलाई गायव पारेर खोलामाथि ठूल्ठूला कंक्रिटका संरचना ठडिएका छन्। फिर्केको मापदण्ड मिचेर बनेका कतिपय सामाजिक संघसंस्थाका भवनमा त सरकारी लगानीसमेत छ। अधिकांश ठाउँमा खोला भन्न मिल्ने गरेर नालीजस्तै आकारमा फिर्के साँघुरिएको छ।
फेरि फर्किएला फिर्केखोलाको स्वरुप? Pokhara Metropolitan City
अ
+
अ
अ
-