बरामद भएको सुन ब्रेक सु सहित जोख्दा १५५ किलो

बरामद भएको सुन ब्रेक सु सहित जोख्दा १५५ किलो
+
-

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेपछि बरामद भएको सुन ब्रेक सुसहित जोख्दा कुल तौल १५५ किलो आएको छ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक सुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेको हो। राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ।

बरामद भएको सुनको यकिन तौल पत्ता लगाउन राजश्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको थियो । हाल निस्किएको तौल ब्रेक सु हितको रहेकोले अब त्यहाँबाट निकालेर सुनको मात्रै तौल लिने तयारी भइरहेको छ। त्यसपछि मात्रै यकिन सुनको तौल थाहा हुनेछ।

बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । बरामद भएको सुन १ सय केजी भनिए पनि सुनको परिमाण एकिन भइसकेको छैन। सुनको एकिन परिमाण थाहा पाउन विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो ।

विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ७ जनालाई पक्राउ गरिसकेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष