
काठमाडौँ – मिटरब्याज पीडितहरुले काठमाडौँमा बिहीबार पनि विरोध प्रदर्शन गरेका छन्।
‘मिटरब्याज ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’को आयोजना प्रदर्शन गरिएको हो। त्यसक्रममा उनीहरुले शान्तिबाटिकाबाट नयाँबानेश्वरसम्म र्याली निकालेका हुन्।
उनीहरुले भदौ २ गतेदेखि निरन्तर मार्चपाससहित विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरुले आज नयाँ बानेश्वरमा निषेधित क्षेत्र रहेको संसद् भवनको ३ नम्बर गेटअघि प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले धरपकड गरेको थियो।