स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसक्यो : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसक्यो : स्वास्थ्य मन्त्री बस्नेत
+
-

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहूँच पुर्‍याउन सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसकेको बताएका छन् ।

राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई बेलायतबाट भिडियो सन्देश मार्फत सम्बोधन गर्दै मन्त्री बस्नेतले ७३ प्रतिशत परिवारमा मोवाइल सेवा र ३८ प्रतिसत परिवारमा इन्टरनेट पुगिसकेको अवस्थामा सूचना प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवामा सबैको सहज पहूँच पुर्‍याउन दत्त चित्त भएर लाग्नु पर्ने बेला आएको बताए ।

५५ प्रतिशत स्वास्थ्य संस्थामा मात्र सूचना प्रविधिको पहूँच पुगेको तथ्यांक प्रस्तुत गर्दै सबै स्वास्थ्य संस्थामा सूचना प्रविधिको पहूँच नपुगन्जेलसम्म जनताले छिटो छरितो सेवा पाउन नसक्ने मन्त्री बस्नेतले बताए ।

सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न पनि उत्तिकै जरुरी भएकाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई पनि साथसाथै अगाडि बढाउने मन्त्री बस्नेतले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका जनस्वास्थ्य सल्लाहकार विश्वरुप खड्काले सूचना प्रविधिको प्रयोग एकद्वार प्रणाली मार्फत हुनु पर्नेमा जोड दिँदै एकद्वार प्रणाली पूर्ण रुपमा लागू भइनसेकाले मन्त्रालयका महाशाखापिच्छे फरक तथ्यांक आउने समस्या रहेको बताए ।

सल्लाहकार खड्काले सूचना प्रविधिको प्रयोगले जनतालाई दुख दिने काम भन्दा कसरी सहज र सरल रुपमा स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सल्लाह दिए ।

स्वास्थ्य सेवामा सूचना प्रविधिको पहूँच बढाउन स्वास्थ्य मन्त्रालयले आवश्यकता अनुसार नीति, नियम र निर्देशिका बनाइसकेको जानकारी दिँदै खड्काले ती नीति नियमलाई परिमार्जन गरी कार्यन्वयनमा लैजानुपर्ने आवश्यकतामा जोड दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटाले अहिलेको युग नै सूचना प्रविधिको युग भएको बताउदै टेलिमेडिसिनदेखि पेपरलेस सेवा दिनका लागि स्वास्थ्यमा सूचना प्रविधिको विकास र विस्तार आवश्यक रहेको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवाको सर्वव्यापी पहूँच स्थापना गर्न सूचना प्रविधिलाई स्वास्थ्य सेवासँग जोड्दै लैजानु पर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश एस. पाण्डवले स्वास्थ्यमा सूचना प्रविधिको प्रयोगले मात्र अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका चुनौतीको सामना गर्न सकिने दाबी गर्दै स्वास्थ्य मन्त्रालयले यसका विषयमा आवश्यक पहल गरिरहेकोमा खुशी व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुगमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायले स्वास्थ्य सेवा छिटो र छरितो रुपमा प्रवाह गर्न सूचना प्रविधिले ठूलो भूमिका खेल्ने भएकाले एक दिन मात्र नभएर बर्षैभरि डिजिटल स्वास्थ्य दिवस मनाउनु पर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी, सूचना तथा प्रविधि मन्त्रालयका अधिकारी, प्रदेश सरकारका स्वास्थ्य मन्त्रालय र क्षेत्रिय स्वास्थ्य निर्देशनालयका अधिकारीको सहभागिता रहेको छ । कार्यक्रममा विभिन्न विज्ञहरुले सूचना प्रविधि र स्वास्थ्य सेवाका बिषयमा प्रस्तुतिकरण गर्ने छन् । कार्यक्रमको अन्तमा डिजिटल हेल्थ घोषणापत्र जारी गरिने छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष