ललिता निवास प्रकरण: को-को हुन् पुन: पक्राउ गर्न बाटो खुलेका १७ जना?

ललिता निवास प्रकरण: को-को हुन् पुन: पक्राउ गर्न बाटो खुलेका १७ जना?
+
-

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) यसअघि पक्राउ गरेर छाडेका ३ जना सहित १७ जनालाई पुनः पक्राउ गर्न पाउने भएको छ।

उनीहरूलाई पक्राउ नगर्न २०७९ साउन १९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले दिएको अन्तरिम आदेश शुक्रबार खारेज भएको हो। न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले प्रहरीको मागबमोजिम आदेश जारी गरेसँगै उनीहरूलाई पुनः पक्राउ गर्न बाटो खुलेको छ।

ललिता निवासको सरकारी कागजात कीर्ते गरी जग्गा विभिन्न व्यक्तिहरूको नाममा गरेको प्रकरणमा असार १२ गते प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो। ७ जनामध्ये तीन जनाले सर्वोच्चबाट निषेधाज्ञाको आदेश लिएको पाएपछि उनीहरूलाई सोहि दिन ब्युरोले छाडेको थियो।

छुट्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन्।

त्यस्तै उनीहरु ३ जनासहित यसअघि ‘स्टे अर्डर’ लिएकाहरु १७ जनालाई पुन: पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको हो।

पुनः पक्राउ गर्न बाटो खुलेका व्यक्तिहरु:

१. मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा

२.  कर्मचारी सुरेन्द्रमान कपाली

३.  हुपेन्द्रमणि केसी

४. टिकाराम घिमिरे

५. तेजराज पाण्डे

६. मुख्य विचौलिया रामप्रसाद सुवेदीका छोरा शंकरप्रसाद सुवेदी

७. मोहम्मद सविर हुसैन

८. बलिराम प्रसाद तेली

९. दिनेशप्रसाद शर्मा

१०. लक्ष्मीनारायण उप्रेती

११. जयप्रसाद रेग्मी

१२. हरिबोल आचार्य

१३. टिकाबहादुर बिसी

१४. श्रीहरि पुडासैनी

१५. अंगुरकुमार सिग्देल

१६. टंकनाथ पौडेल

१७. केदारप्रसाद श्रेष्ठ

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष