
काठमाडौँ – सय किलो सुन प्रकरणमा सत्यतथ्य छानबिन गरी संलग्नलाई कडा कारबाही गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपालले मसाल जुलुस निकालेको छ।
युवा संघले शुक्रबार साँझ काठमाडौँको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ।
सुन तस्करीमा साना भरियालाई मात्र समातेर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको युवा संघको आरोप छ।
मसाल जुलुसमा सहभागीहरुले कानुन सबैलाई समान हुनुपर्ने भन्दै सुन तस्करीका मुख्य योजनाकारलाई समाउन माग गरेको छ।