लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव

लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव
+
-

लहान – सिरहाको लहान नगरपालिका–७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्धको खोपको तेस्रो डोज लगाउन लहान प्रादेशिक अस्पतालमा पुगे। तर अस्पतालले खोपको मौज्दात सकिएको बताएपछि उनी निजी क्लिनिकमा महँगो शुल्क बुझाएर खोपको डोज लगाउन बाध्य भए।

अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महँगो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन्। उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन्। रेविजविरुद्धको खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ।

खोप अभावमा यहाँका गरिब तथा विपन्न परिवारलाई उपचारमा समस्या भएको छ। प्रतिडोज रु पाँच सय पर्ने खोप अस्पतालमा नभएको मौकामा निजी मेडिकलले रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ।

प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा सुनिलकुमार कुहवाहाले बताए। ‘दैनिक औतमा १५ देखि २० जना बिरामी खोप लगाउन आउँछन् तर खोप छैन, आफैँले खरिद गर्न मिल्दैन। हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक खोप माग गरेका थियौँ। तर त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले अभाव भएको छ,’ कुशवाहाले भने। प्रदेशबाट छिट्टै खोप प्राप्त हुने आश्वासन पाएको समेत बताए।

अस्पतालका अनुसार रेविजविरुद्धको खोप लगाउने बिरामीको सङ्ख्या हाल दुई सयभन्दा बढी छ। ‘लक्षणअनुसार तीनदेखि पाँच डोजसम्म खोप लगाउनुपर्छ। कसैको एक त कसैको दुई डोज मात्रै लागाएको छ,’ उनले भने, ‘छिट्टै आपूर्ति भए गरिब तथा विपन्न बिरामीलाई उपचारमा सहयोग पुग्छ।’

कुकुर, बिरालो, बाँदरलगायतका घरपालुवा तथा अन्य केही जङ्गली जनावरले टोकाइका कारण दैनिक औसतमा ५० जना अस्पताल उपचारका लागि आउने गरेको उनको भनाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष