
काठमाडौँ – लघुवित्त वित्तीय कम्पनीहरू खारेज गर्नुपर्ने माग राख्दै ‘लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति’ले विरोध प्रदर्शन गरेको छ।
वित्तीय ठगी बन्द गर्न र वित्तीय दलाललाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले आइतबार माइतीघर मण्डलाबाट जुलुससहित थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भन्द्रकाली पुगी कोणसभा गरेको हो।
सिंहदरबार घेरउमा लागेको उक्त टोलीले वित्तीय दलाललाई कहारवाही गर, कपाली कागज र बाउन्स चेक बन्द गर, राष्ट्र बैंकका गभर्नर मूर्दावाद, लघु वित्तीय संस्था खारेज गर लगायतका पम्प्लेट बोकेका छन्।
थप तस्बिरहरू: