सरकारले सुरु गर्‍यो औषधि पसलहरुको अनुगमन

सरकारले सुरु गर्‍यो औषधि पसलहरुको अनुगमन
+
-

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरका औषधि पसलहरुको अनुगमन सुरु गरेको छ। औषधि पसलहरु मापदण्डविपरीत चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो।

२० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौँ, भक्तपुर र ललितपुरका औषधि पसलहरुको अनुगमन गरेको छ। अनुगमनका क्रममा केही औषधि पसलहरु मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु पनि औषधि पसलहरुले बिक्रीका लागि राखेको भेटिएको जानकारी दिए।

मिश्रले भने, ‘केही फार्मेसीहरुको दर्ता प्रमाणपत्र नवीकरण नभएको पाइएको छ। विभागमा दर्ता नभएका औषधिहरु पनि फार्मेसीमा राखिएको देखियो। त्यस्ता औषधिहरु स्याम्पलसहित फिर्ता लिएका छौँ। जसको नाममा औषधि पसल दर्ता भएको छ, उहाँ फर्मासिस्टहरु अनुपस्थित रहेको पाइयो।’

अनुगमनका क्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औषधि क्षेत्रमा विकृति आएको गुनासो प्राप्त भएपछि अनुगमन गरेको बताए। फार्मासिस्टभन्दा फार्मेसीहरु झन्डै तेब्बर रुपमा सञ्चालन भएका कारण पनि औषधि क्षेत्रमा समस्या रहेको बताए।

उनले भने, ‘देशभरका फामेर्सीहरुको अनुगमन गर्ने कार्यक्रम राखेका छौँ। त्यसैअनुरुप काठमाडौँ उपत्यकाका फार्मेसीहरुको अनुगमन गर्न लागेका हौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?