
काठमाडौं- नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन्।
बलात्कार आरोपमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनले १३ वर्षीया नाबालिगलाई नागार्जुन-४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना गत असार ३० गते भएको थियो। प्रहरीका अनुसार बसको नम्बर भने खुलेको छैन।
बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले महर्जनलाई पक्राउ गरेको हो।