ललिता निवास प्रकरण: समरजंग कम्पनीका प्रमुख पोखरेललाई थुनामुक्त नगर्न आदेश

ललिता निवास प्रकरण: समरजंग कम्पनीका प्रमुख पोखरेललाई थुनामुक्त नगर्न आदेश
+
-

काठमाडौं- ललिता निवास प्रकरणमा प्रकाउ परेका समरजंग कम्पनीका तत्कालीन सञ्चालक रमेश कुमार पोखरेललाई थुनामुक्त गर्ने आदेश जारी गर्न सर्वोच्चले अस्वीकार गरेको छ।

पोखरेलका तर्फबाट चञ्चला पोखरेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन सुनवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासले पोखरेललाई रिहा गर्न बन्दीको आदेश जारी गर्न अस्वीकार गरेको हो।

तथापी सर्वोच्चले अनुसन्धानका लागि पोखरेललाई म्याद थप गर्दा भने उनको स्वास्थ्यस्थितिलाई विचार गरेर निर्णय लिन भनेको छ।

आदेशमा भनिएको छ, ‘ यी निवेदकले २०६८ साल देखि नै डिप्रेसन लगायतका मानसिक रोगको नियमित उपचार गराई औषधी सेवन गरिरहेको मिसिल संलग्न चिकित्सकहरुको प्रेस्किप्सन, Rhythmi Neuropsychicatry Hospital and Research Center Pvt. Ltd. लगायतका अन्य स्वास्थ्य संस्थाहरुको रिपोर्टबाट देखिएकोले अब निजलाई अनुसन्धानको लागि अपरिहार्यता देखाई थुनामै राख्न पुनः स्याद थप गर्न माग भई आएको अवस्थामा निजको स्वास्थ्य अवस्था तथा निजलाई थुनामा नराखी अनुसन्धान गर्दा मुद्दाको अनुसन्धानमा निजले प्रभाव पार्न सक्नेरनसक्ने सम्मका अवस्थाहरुको वस्तुनिष्ठ विश्लेषण गरेर मात्र आदेश गर्नुहोला भनी काठमाडौं जिल्ला अदालत लगायतका विपक्षीहरूका नाममा उपयुक्त आदेश जारी गरिएको छ। आदेशको जानकारी विपक्षीहरुलाई दिनुहोला।’

ललिता निवास प्रकरणमा सरकारी कागजात किर्तेमा संलग्न रहेको आरोपमा पोखरेल पक्राउ परेका हुन्।

अदालतले यसअघि सोही प्रकरणमा सञ्चार, सूचना तथा प्रविधिमन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई देश छाड्न नपाउने गरी थुनामुक्त गर्न आदेश थिएको थियो भने अरु तीन जनालाई भने थुनामै राख्न अनुमति दिएको थियो । भाटभटेनीका मालिक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो।

*यसअघि यो समाचारमा अन्यथा भएकाले सच्याइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष