भिआइपीले स्वदेशमै सम्भव स्वास्थ्योपचार विदेशमा गएर गरे सरकारले खर्च व्यहोर्दैनः स्वास्थ्यमन्त्री

भिआइपीले स्वदेशमै सम्भव स्वास्थ्योपचार विदेशमा गएर गरे सरकारले खर्च व्यहोर्दैनः स्वास्थ्यमन्त्री
+
-

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भिआइपी र भिभिआइपीले स्वदेशमै सम्भव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने बताएका छन्।

शुक्रवार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा हुने उपचार गर्न विदेश गएको खण्डमा त्यहाँ लाग्ने उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताए।

उनले स्वदेशमा सम्भव हुने उपचारलाई विदेशमा जान नहुने भन्दै त्यसका लागि अभियान थालेको जानकारी दिए। उनले नेपालमै उत्कृष्ट चिकित्सक र नर्स रहेको भन्दै नेपालभित्रै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह भइरहेको बताए। अहिले पनि विदेशी चिकित्सक नेपालमा पढ्न आउने गरेको भन्दै मन्त्री बस्नेतले नेपालको चिकित्सा सेवा उत्कृष्ट रहेको दाबी गरे।

उनले गरिब तथा विपन्न वर्गलाई १० प्रतिशत शय्या सबै अस्पतालमा लागू भएको बताए। मन्त्री बस्नेतले गरिब, विपन्न, असहाय र बेवारिसे बिरामीले निःशुल्क उपचार पाउन थालेको बताउँदै अहिले ३ हजार पाँच सय २३ बेड निःशुल्क भइसकेको जानकारी दिए।

उनले गरिब र विपन्नताका कारण आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गरेको बताए। उनले सदैव वीर अस्पताललाई सुधार गर्न तल्लीन रहेको बताए।

कार्यक्रममा वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले लामो समयदेखि बन्द भएको वर्न सेन्टरलाई पुनःसञ्चालनमा ल्याउन लागेको जानकारी दिए। उनले वर्न सेन्टर स्थापनाका लागि सरकारले बजेट व्यवस्थापन गरिसकेका कारण पनि यही वर्षबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। यसै वर्ष सघन उपचारको क्षमता विस्तार गरेर सय बेडमा पुर् याइने लक्ष्य लिएको वीर अस्पताल १५ शय्याबाट सुरु भएको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?