
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको ज्यादतीविरुद्ध काठमाडौँका फुटपाथमा व्यापार गर्नेहरुले प्रदर्शन गरेका छन्।
ठेलागाडा तथा साना सडक व्यापारीहरुमाथि महानगरले ज्यादती गरेको भन्दै शनिबार युवाहरु तथा काठमाडौँका फुटपाथमा व्यापार गर्नेहरुले राष्ट्रिय सभागृहअगाडि प्रदर्शन गरेका हुन्।
ठेलागाडा र साना सडक व्यापारीको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ।
उनीहरुले ‘गरिबी हटाऊ, गरिब होइन’, ‘बालेन–सुनिता तिमीहरुलाई मत दिनु के गल्ती नै थियो?’लगायतका नारा लेखेका पम्पलेट बोकेका थिए।