विराटनगरमा कन्जन्टिभाइटिसका बिरामीको संख्या बढ्दो, सचेत रहन महानगरको आग्रह

विराटनगरमा कन्जन्टिभाइटिसका बिरामीको संख्या बढ्दो, सचेत रहन महानगरको आग्रह
+
-

मोरङ – विराटनगरमा आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस)का बिरामी बढ्दै गएका छन्। चर्को गर्मी याम, धुलो धुवाँसँगै मानिसको आँखा पाक्न थालेपछि विराटनगर महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयलाई सचेत रहन आव्हान गरेको छ।

विद्यालयमा विद्यार्थीबीच यसले प्रभाव बनाउँदै लगेको बताएका महानगरका स्वाथ्य महाशाखा प्रमुख हैदर अलीका अनुसार पछिल्लो एकसातादेखि विराटनगरमा आँखा पाक्ने रोगका विरामीको संख्या बढ्दै गएको छ।

महानगरका विभिन्न वडासंँगै विद्यार्थीहरुमा आँखा पाक्ने रोगको समस्या देखिँदै आएको उनले बताए। स्वास्थ्य महाशाखा प्रमुख अलीका अनुसार हाल महानगरले आँखामा देखिएका विभिन्न समस्यालाई लिएर जथाभावी औषधी प्रयोग नगर्न सुझाव दिँदै आवश्यक जाँचका लागि चिकित्सकलाई सम्पर्क गर्न आग्रह गरेको छ।

समुदाय, विद्यालय, वित्तीय संस्था, सार्वजनिकस्थलमा आँखा पाक्ने रोग चाँडै सर्ने गरेको बताएका अलीले भने,’अहिले हामीले सचेत रहनका लागि आह्वान गरेकाछौँ। यो रोग लाग्नेक्रम बढ्दै गएको छ। आवश्यक्ता अनुसार महानगरले स्वास्थ्य शिविरदेखि अन्य सहजीकरणका लागि काम थाल्नेछ।’ महानगरले विरामीको यकिन आँकडा राख्ने कार्य सुरु गरेको बताएका अलीले अधिकांश वडाका विद्यालयबाट विद्यार्थीमा समस्या देखिँदै गएको जानकारी दिए।

विराटनगर रानीस्थित विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुका अनुसार गर्मीयामका कारण आँखामा समस्या देखिन थालेको छ। गर्मीका कारण आँखा रातो हुने, कचेरा आउने, आँखा माड्दा आसु आउनेलगायतका समस्या लिएर अस्पतालमा दैनिक करिब २ सयको संख्यामा विद्यार्थी तथा विरामी उपचारका लागि पुग्ने गरेको उनको भनाइ छ।

प्रायः गर्मीको याममा आँखामा यसप्रकारको समस्या देखिने गरेको बताएका अस्पताल प्रबन्धक कुमार पृथुले चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गरेको कम्तीमा ३ दिनपछि देखिएको समस्या विस्तारै हल हुँदै जाने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?