
काठमाडौँ – अग्रज अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी काठमाडौँको माइतीघर मण्डलामा अनसनमा बसेका छन्।
सहकारीले खाएको रकम फिर्ता माग्दै उनीहरु माइतीघरमा ८ घण्टे रिले अनसनमा बसेका हुन्। सहकारी पीडितको आन्दोलनमा सहभागी भएका उनीहरु आज राति १० बजेसम्म अनसनमा बस्ने छन्।
सिभिल सहकारीमा आफूहरुको २ करोड ६० लाख रुपैयाँ फसेको उनीहरुले बताएका छन्। सहकारीसँग पटक–पटक रकम माग्दा पनि फिर्ता नपाएको उनीहरुको गुनासो छ।
सहकारीमा फसेको रकम दिलाइदिन माग गर्दै उनीहरुले प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुलाई समेत भेटिसकेका छन्। सहकारीले पैसा फिर्ता नदिँदा आफूहरुलाई घरखर्च चलाउन पनि अप्ठ्यारो भइरहेको उनीहरुको भनाइ छ।
सहकारी पीडितहरु ६१ दिनदेखि लगातार रिले अनशनमा छन्।