काठमाडौँ बत्तीसपुतलीस्थित शिल्पी थिएटरको मेकअप कोठा। लेखक कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’ मन्चन हुनुअघि। नाटकका पात्रहरू सिंगार-पटारमा व्यस्त थिए। तीमध्ये तीनजना महिला पात्र कपाल कोर्दै, मेकअप गर्दै थिए। नगरकोटीको ट्रान्जिट नाटकभित्रको नाटक ‘लिपस्टिक, सिगरेट अनि एकान्त’का निर्देशक मानवशास्त्रीको मानसपटलमा बसेको छायापात्र मायावीहरू हुन्, जो रंगकर्मी आकांक्षा कार्की, अभिनेत्री शिल्पा मास्के र रंगकर्मी बासना तिमिल्सिनाको नामले परिचित छन्।
रंगकर्मी घिमिरे युवराजको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ट्रान्जिटलाई एक टाइम ट्राभल स्टोरीको रूपमा लिन्छिन् रंगकर्मी आकांक्षा कार्की। ‘नाटक निर्देशक मानव शास्त्रीको दिमागमा रहेको केही घटनाहरू छन्, जसले शास्त्रीको जीवनको उतारचढाव र प्रेम देखिन्छ। मानसिकता छ। दुखान्त भोगाइ छ। नाटकप्रति आफ्नो बुझाइ छ’, उनले भनिन्, ‘यो विसंगतिपूर्ण नाटक भए पनि हामी (मायावी पात्र)ले छिनछिनमा रिलेट चाहिं गरिरह्यौं।’

आकांक्षा कार्की
मायावी पात्रको चरित्र निर्वाह गरेकी अर्की पात्र हुन्- शिल्पा मास्के। जो लामो समय लण्डन बसेर पढिन्। हलिउड र बलिउड सिनेमा नगरी बुझेकी मास्के विगत एक दशकदेखि नेपाली सिनेमामा संघर्षरत छिन्। कागजपत्र, कठपूतलीलगायत आधा दर्जन चलचित्रमा अभिनय गरिकेकी मास्केको सार्वजनिक भइसकेका चलचित्र भने सोचेजस्तो सफलता पाउन नसकेकै हो। पछिल्लो समय परस्त्री चलचित्रले पनि बक्स अफिसमा खासै कमाल गर्न सकेन। तर यतिखेर उनलाई नाटक ट्रान्जिटले चर्चामा ल्याइदिएको छ।
मायावी (बासना) पहिलोपटक मञ्चमा पुग्दाको अनुभव सुनाउँछिन्, ‘नाटकमा मानवशास्त्री (दिव्यदेव) पछि पहिलो मायावी (म बासना) मन्चमा पुग्दा सुरुवातमा केही अप्ठ्यारो अनुभव भएको थियो। खुसी पनि थिएँ। अगाडि नै जाँदा केही बिग्रिन्छ कि भन्ने भय पनि थियो तर सामुन्ने आफूभन्दा बलियो पात्र हुनुहुन्थ्यो, त्यसैले हौसिन सकियो।’
चलचित्रमा रमाइरहेकी शिल्पा एक्कासि रंगमञ्चमा देखा परेकोमा उत्साहित छिन्। ‘एक्कासि होइन, थिएटरमा काम गर्न पहिलेदेखि नै मन थियो। तर समय मिलेको थिएन। थिएटर पहिलेदेखि नै गर्ने सोंच थियो। फिल्मका कारण समय मिलाउन सकिरहेको थिइनँ’, उनले भनिन्, ‘ट्रान्जिटको कुरा पहिला अभिनेता तथा रंगकर्मी दिव्यदेवले सुनाउनु भयो। ट्रान्जिट पढें । मन पर्याे। समय पनि थियो। अनि लाग्यो- यतिबेला नगरे कहिले गर्ने? यो अवसर फेरि नजुर्ला भन्ने लागे पछि म नाटक खेल्न राजी भएँ।’

शिल्पा मास्के
पहिलोपटक दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया पाउँदा उत्साहित छिन् उनी। नाटकको नयाँ अनुभव हो उनको । टिममा काम गर्नुको मजा पनि हुँदोरहेछ भन्ने बुझाइ छ मास्केको।
मेकअप रुममा आकांक्षा र शिल्पाको बीचमा बसेर हलुका मुस्कुराइरहेकी बासना निकै जिज्ञासु देखिएकी थिइन्। मञ्चको दायाँ कुनामा पातलो पर्दाभित्र चलमलाइरहेकी स्त्री पात्र, जसलाई दर्शकले छायाँ हाे कि भन्ने अनुमान गर्न सक्थे। यही छायापात्र मञ्चमा अर्थात् नाटक निर्देशक मानवशास्त्रीको मानसपटलमा उत्रिएसँगै मायावी (बासना तिमिल्सिना) देखा पर्छिन्। मञ्चमा मानवपछि मायावी (बासना) आएसँगै दर्शक थप कौतूहल हुन्छन्। उनको भने यो पहिलो नाटक होइन।
रंगकर्मी बासना माइक सेकेण्ड टिचर भन्ने प्रोजेक्टमा आबद्ध थिइन्। नाटक उनको आधार हो। ट्रान्जिटभन्दा अगाडि तीनवटा नाटक गरिसकेकी बासनालाई ट्रान्जिटमा जोड्ने काम उनै मानवशास्त्री (दिव्यदेव)ले गरिदिएको बताउँछिन् उनी। भन्छिन्, ‘म ट्रान्जिटमा जोडिन हौसिनुको कारण आकांक्षा, शिल्पा र दिव्यदेवसहितको यो टिम हो। फेरि मलाई मन पर्ने लेखकले लेखेको नाटक किन नखेल्ने भन्ने पनि भयो।’
मायावी (बासना) पहिलोपटक मञ्चमा पुग्दाको अनुभव सुनाउँछिन्, ‘नाटकमा मानवशास्त्री (दिव्यदेव) पछि पहिलो मायावी (म बासना) मन्चमा पुग्दा सुरुवातमा केही अप्ठ्यारो अनुभव भएको थियो। खुसी पनि थिएँ। अगाडि नै जाँदा केही बिग्रिन्छ कि भन्ने भय पनि थियो तर सामुन्ने आफूभन्दा बलियो पात्र हुनुहुन्थ्यो, त्यसैले हौसिन सकियो।’
नाटक ट्रान्जिटमा बेडरुम किचनमा लास हुनु। कफीघाट हुनुजस्ता दृष्य र लोकेशनले मायावी पात्रलाई मनमा लास बोकेर हिँड्नु परेको थियो। आफ्नो कल्पनामा लास बोकेर हिँड्नु परेको थियो। निर्देशक घिमिरे युवराजले आफ्नो कल्पनामा लास बोकेर हिँड्दा सोचजस्तो अभिनय दिन सकिने सुझाव दिएको सन्दर्भ कोट्याउँदै शिल्पा भन्छिन्, ‘निर्देशकले लास देखेको इम्याजिनेसन गर्नू भन्नुभयो। तर धेरै कल्पना गर्नु हुँदो रहेनछ भन्ने पछि फिल भयो।’
नाटक ट्रान्जिटका तीनजना महिला पात्र मानवशास्त्रीका तीन मायावी हुन्, जसलाई प्रेमको असर छ। तीनैजना एउटा मात्र मायावी हो भन्ने बुझाउन आकांक्षा, बासना र शिल्पाले ड्रेस, शारीरिक हाउभाउ, अदा र संवादले दर्शकलाई निकै रोचक मनोरञ्जन दिन्छन्। तर मायावी अर्थात् शिल्पा भने केही फरक अनुभव बताउँछिन्। उनका अनुसार फिल्ममा ‘लिबर्टी’ पाइन्छ भने नाटकमा ‘वान गो’ हो।

बासना तिमिल्सिना
‘फिल्ममा धेरै रिहर्सल गर्न पाइँदैन। मलाई फिल्ममा रिहर्सल गरिरहन मन पनि पर्दैन। ‘वर्कशप’ पनि गतिलो हुँदैन। फिल्ममा कोठामा गरेको वर्कशप अनुसारको सेट र प्रपोटी हुँदैन। त्यसैले फिल्मको वर्कशपमा बस्न खासै रुचाउँदिन्ँ’, शिल्पा भन्छिन्, ‘नाटक रिहर्सलबिना सम्भव हुँदो रहेनछ। जति रिहर्सल गरे त्यति निखारिँदो रहेछ। अहिले नाटक स्टार्ट भइसकेपछि मैले महसुस गरिरहेकी छु कि कलाकारको अभिनय कति सुधारिँदोरहेछ भन्ने।’
तर नाटकमा प्रयोग हुने संवादका कारण केही समस्यामा परेको स्विकार्छिन् शिल्पा। साहित्यिक र लामा संवाद निरन्तर बोल्नुपर्ने हुँदा पनि उच्चारणमा समस्या हुने बुझ्छिन् उनी। तर निरन्तरको अभ्यासका कारण पनि यो सुधार हुँदो रहेछ र टिममा यस्ता कमजोरीलाई सुधार्न सहयोग मिल्ने गरेको बताइन् मास्केले।
बासनाका अनुसार भने यो नाटकमा निर्देशक निर्देशक घिमिरे युवराजबाट धेरै कुरा सिक्न पाइन्। लेखक नगरकोटी त सुरुवाती दिनमा देखिएपछि नाटक प्रिमियरको दिनमा मात्रै भेटेको बताउँछिन् उनी। बासना भन्छिन्, ‘निर्देशकबाट जहिले सहज रूपमा प्रस्तुत हुनुभयो। हप्कीदप्की गर्नु भएन।’
आकांक्षाले निर्देशन गरेको नाटक ‘धुमधामको घुमघाम’मा काम गरेकी बासना ट्रान्जिट नाटकमा काम गर्न पाउँदा ‘ग्रेटफूल’ रहेको बताउँछिन्। भन्छिन्, ‘मायावीको छाया भएर देखिनुमा मजा आउँछ। मैले लिएर आउने पार्टसम्म ह्याप्पी छ। रमाइलो छ। तीनजना मायावीलाई देखेर एक जना दर्शकले झुक्किएको सन्दर्भ जोड्दै बासना भन्छिन्, ‘हामीलाई धेरैले एकै सोच्नु भएको रहेछ। कतिपय झुक्किनु भयो। हामीले गर्ने हाउभाउका कारण पनि यस्तो हुन सक्छ।’
मायावी शक्तिशाली पात्र भएकै कारण आफूले खेलेको बताउने आकांक्षा कौसी थिएटरको संस्थापक र नाटक निर्देशक पनि हुन्। आफूले निर्देशन गर्नु र अरूको निर्देशनमा अभिनय गर्नुमा केही चुनाती रहेको बताउँछिन्। ‘अभिनय त मेरो पहिलो प्रेम हो। सबैको सायद यस्तै हुन्छ कि। अभिनय पनि मन पर्छ। अझ राम्रो टिमसँग काम गर्दा र विषयवस्तु नै बलियो भएपछि कौसीमा गरे पनि शिल्पीमा गरे पनि फरक पर्दैन।
लङ सटमा हामीलाई एउटै देख्नु हुँदो रहेछ । र, दर्शकले उस्तैउस्तै ठान्नु नै हाम्रो सफलता हो नि’, मास्के आफ्नो कुरा जोड्छिन्। नाटकका संवादहरू बोल्दाबोल्दा एकअर्काको संवादसमेत याद रहेको बताउँछिन् बासना। ‘हामीले एउटै देखाउनका लागि चाहिं धेरै मेहेनत पनि गरेका छौं। स-साना टुल्समा काम गरियो। एकअर्कालाई बुझ्दै आएका छौं’, उनी भन्छिन्, आज हामी तीनैजनाले कुर्ता लगाएर आएका छौं, सोधेर सोंचेर लगाएका भने होइनौं। हामी शरीरमा पनि त्यो देखिन थालेका रहेछौं। यो अचम्म हो। हामी खासै कुर्ता लगाउने पनि होइनौं। अवचेतना मनबाट भएको संयोगमात्र हो।’
नाटक ट्रान्जिटमा बेडरुम किचनमा लास हुनु। कफीघाट हुनुजस्ता दृष्य र लोकेशनले मायावी पात्रलाई मनमा लास बोकेर हिँड्नु परेको थियो। आफ्नो कल्पनामा लास बोकेर हिँड्नु परेको थियो। निर्देशक घिमिरे युवराजले आफ्नो कल्पनामा लास बोकेर हिँड्दा सोचजस्तो अभिनय दिन सकिने सुझाव दिएको सन्दर्भ कोट्याउँदै शिल्पा भन्छिन्, ‘निर्देशकले लास देखेको इम्याजिनेसन गर्नू भन्नुभयो। तर धेरै कल्पना गर्नुहुँदो रहेनछ भन्ने पछि फिल भयो।’
तर फिल्मभन्दा कलाकारको विकास चाहिं नाटकबाट हुने बुझाइ सुनाउँछिन् शिल्पा। भन्छिन्, ‘कलाकारको विकास चाहिं छिटो हुन सक्दाे रहेछ यहाँ। यस्तो लिबर्टी फिल्ममा भेटिँदैन। फिल्ममा सुटिङ सकिएपछि रिटेक पनि लिन मिल्दैन।’
नाटक ट्रान्जिटबाट चर्चा बटुलिरहेकी शिल्पा फिल्मको निर्माण र नाटकका निर्माण क्रम नै फरक हुने भएकाले फिल्मसँग नाटक दाँज्न चाहँदैनिन्।
नाटक बुझ्नेहरूले नाटक हेरिरहँदा प्रेमिल सम्बन्धको आयाम पनि खोतल्ने प्रयास गरेको भनिन्छ। भनौं- स्त्रीबाट पुरुष पीडित रहेको देख्न पनि सकिने कुरा नाटक पारखीहरू गर्छन्। र, आकांक्षाले लामो समय महिला सशक्तिकरणको मुद्दामा दरो र खरो उत्रिएकी थिइन्। उनले मिटुको विषयलाई लिएर वकालत गरिन्। यस्तो अवस्थामा महिला पात्रलाई यो नाटकले कति न्याय गरेझैं लाग्छ भन्ने प्रश्नमा आकांक्षा भन्छिन्, ‘मायावी पात्र बलियो नभएको भए म खेल्न सक्दिनथिएँ हुँला। मलाई यो उमेरमा बिचरा भन्ने पात्र खेल्न मन छैन। मेरो लागि सबै समान हुनुपर्छ। समान प्रस्तुत हुनुपर्छ। लेखक नगरकोटीले मानवशास्त्रीको सेरोफेरोमा कथा घुमाए पनि मायावी पात्रलाई हामीले समान पहुँच दिएका छौं। हामीले महत्त्वपूर्ण ठानेका छौं। मायावी आफ्नो ठाउँमा बलियो पात्र हो।’
मायावी शक्तिशाली पात्र भएकै कारण आफूले खेलेको बताउने आकांक्षा कौसी थिएटरको संस्थापक र नाटक निर्देशक पनि हुन्। आफूले निर्देशन गर्नु र अरूको निर्देशनमा अभिनय गर्नुमा केही चुनाती रहेको बताउँछिन्। ‘अभिनय त मेरो पहिलो प्रेम हो। सबैको सायद यस्तै हुन्छ कि। अभिनय पनि मन पर्छ। अझ राम्रो टिमसँग काम गर्दा र विषयवस्तु नै बलियो भएपछि कौसीमा गरे पनि शिल्पीमा गरे पनि फरक पर्दैन। आफूले निर्देशन गरे पनि अरूले गरे पनि काम गर्दा मजा आउनु पर्यो। बहस हुनुपर्याे भन्ने लाग्छ। यस्तो भयो भने नाटक गर्न गाह्रो हुँदैन’, उनी भन्छिन्, ‘ साइकोलोजिकल थिम मेरो प्रिय विषय हो। मनोविज्ञानमाथि काम गर्न मन पर्छ। महिलाको मुद्दामा काम गर्न मन छ। हरेक वस्तु दिमागसँग जोडिएर लेखिएको सिर्जानामाथि काम गर्न रोचक लाग्छ। अहिले मान्छेको माइन्डसँग रिलेटेड रहेको काम गर्न आवश्यक छ।’
मावनशास्त्रीको मनोविज्ञानमा रहेको पात्र मायावी यथार्थको नजिक रहेको पात्र भए पनि उसको अस्तित्व रहेको बताउँछिन् आकांक्षा । मायावी छायाँ पात्र भए पनि उसको अस्तित्व छ भन्ने लाग्छ उनलाई। आफूलाई मायावीमा पाउँछिन् उनी। भोगेर, सहेर बस्ने मान्छे होइन मायावी भन्ने लाग्छ आकांक्षालाई। तर आकांक्षा एकजना दर्शकको भनाइ सापटी लिएर भन्छिन्, ‘हामी बाँच्नु नै भ्रम हो। भ्रम हो भनेर चिच्याउन मन थियो रे ती दर्शकलाई। मान्छेलाई रियालिटीबाट पर लैजान्छ। मान्छेको यथार्थ गज्याङ्गुज्याङ् हुन्छ। त्यो चाहिं एउटा भ्रम हो।’
रंगकर्मी आकांक्षा निर्देशक भएको नाताले अभिनयसँगै स-साना कुरामा पनि ध्यान जाने गर्दा सम्हालिन गाह्रो भएको अनुभव सुनाउँछिन्। जुन काम गर्न खोजेको हाे, त्यो काममा फोकस हुन गाह्रो हुने बताउँछिन्। ‘मेरो सवालमा के च्यालेन्ज हो भने अभिनय गर्दागर्दै धागो झुन्डिरहेको, केही नमिलेको, लाइट बढी भएको, कुनै पर्दामा देखिएको प्वालजस्ता चिजले सिकसिक हुने हुँदो रहेछ। म्युजिक पनि सुन्यो भने त्यो त टिकटिकमा सुनेको हो है भन्ने हुँदो रहेछ’, उनले भनिन्।
नाटककै कुराकानीमा शिल्पा मानवशास्त्रीलाई दया लागेको, माया बढेको, रिस पनि उठेको बताउँछिन्। भन्छिन्, ‘मानव श्रापित पात्र हो। प्रेमी हो। अथवा ऊ बुझ्नै नसक्ने पात्र हो। म नाटकमा नयाँ भएकोले पनि धेरै कुरा गर्न सकिनँ। म बुझ्ने कोसिस गरिरहेकी छु।’
तर मायावी बासना भने नाटककार नगरकोटीले लेखेका मानवशास्त्रीको साइकोलोजी मनोदशाको र मेडिकल कण्डिसनको पात्र रहेको बताउँछिन्। बासना भन्छिन्, ‘मेडिकल अवस्थामा बाहेक आफ्नो बारेमा सोच्ने र अरूलाई निर्देशन गर्ने। एकान्तमा हुने, आफ्नै दुनियाँमा रमाउने पात्र हो।’
जसरी नाटक ट्रान्जिटभित्र नाटककार मावनशास्त्रीले छानेकाे तीन सुन्दर मायावी रंगकर्मी छन्, त्यसरी नै घिमिरे युवराजले छानेका तीन कलाकार पनि सुन्दर छन्भन्दा फरक नपर्ला। जुन सुन्दरता आफ्नो सुन्दरतासँग नजिक रहेको मान्न सक्छन् कलाकारत्रय। बासना भन्छिन्, ‘हामी सुन्दर छौं तर यो सब्जेक्टिभ कुरा हो। सबैको आँखामा समान सुन्दरता नहुन सक्छ। आ-आफ्नै आँखाले हेर्ने विचारको कुरा पनि हो।’
तर यो प्रश्न खट्किएको बताउँदै आकांक्षा थप्छिन्, ‘नगरकोटीको हिसाबमा चेतना भएको, बौद्धिक रूपमा विचार भएको एक प्रकारको कलाकार कास्ट गर्नु भन्नु भएको थियो। त्यो हिसाबले सुन्दर हुन सक्छौं हामी। अर्को कुरा हाम्रो फिजिकल ब्युटी आत्मविश्वास पनि हो।’ आकांक्षाकाे कुरामा अभिनेत्री मास्के थप्छिन् , ‘मायावी त प्रेरणादायी पात्र लाग्छ। सो सुन्दर हुन्छ। रियलिस्टिक सुन्दर लाग्छ। हामी आफूलाई पनि सुन्दर लाग्छ।’