
काठमाडौं- सत्तारूढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुरु भएको बैठकलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरिरहेका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा आफ्नो नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका छन्।
साथै उनले पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गर्दै यो केन्द्रीय समिति बैठक समग्र योजना बनाउने सन्दर्भमा ऐतिहासिक बन्ने विश्वास पनि लिएका छन्।
आजको बैठक लाइभ गर्ने भनिए पनि बिहान बसेको पार्टीको बैठकले लाइभ नगर्ने निर्णय गरेको थियो।
थप तस्बिरहरू: