विद्यार्थीलाई खुवाइयो जुकाको औषधि

विद्यार्थीलाई खुवाइयो जुकाको औषधि
+
-

सिमकोट – दक्षिणी क्षेत्रका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई जुकाको औषधि खुवाइएको छ। विद्यार्थीलाई जुकाको कारण लाग्ने रोगबाट बचाउन यो औषधि खुवाइएको हो।

ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले गाउँपालिकाका दुई वटा विद्यालयका ६ वर्षभन्दा माथिका सबै विद्यार्थीलाई जुकाको औषधि खुवाइएको बताए।

बर्खा लागेपछि फोहोर पानी, काँचा फलफूललगायत प्रयोगले विद्यार्थीलाई जुकाबाट लाग्ने रोग बढी देखिने र त्यसबाट बचाउन यो औषधि विद्यालयमै पुगेर खुवाइएको हो।

प्रत्येक ६ महिनामा जुकाको औषधि खानुपर्ने भएकाले पनि विद्यार्थीलाई स्वास्थ्य शाखाको सहयोगमा औषधि खुवाइएको हो।

जुकाको औषधि खुवाइएका विद्यालयमा वडा नम्बर १ को जनप्रकाश माध्यमिक विद्यालय र जनक आविका १४९ जना छात्रा र १८१ जना छात्रा गरी ३३० जना विद्यार्थी छन्। त्यसैगरी, स्वास्थ्यकर्मीले यी दुवै विद्यालयमा दश वर्षभन्दा माथिका १२० जना छात्रालाई आइरन चक्की र फ्लोरिक एसिड पनि खुवाइएको छ। औषधि खुवाउने कार्यक्रममा विद्यार्थीलाई पोषणसम्बन्धी जनचेतना पनि दिइएको छ।

यसका लागि चार जना स्वास्थ्यकर्मी परिचाल भएका थिए। उनले वडा नम्बर १ बाट यो अभियान सुरु भएको र गाउँपालिकाका बाँकी १७ वटा विद्यालयका छात्र/छात्रालाई यी औषधि खुवाइने जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?