ताप्लेजुङमा आँखा पाक्ने बिरामीको संख्या बढ्दै

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको संख्या बढ्दै
+
-
ताप्लेजुङ –ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ। एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ ।
आँखा उपचार केन्द्रका अनुसार गत मङ्गलबार उपचारका लागि आएका ३३  आँखाका बिरामीमध्ये १२ मा आँखा पाक्ने समस्या देखिएको छ। दैनिकजसो १२–१३ मा आँखा पाक्ने समस्या देखिने गरेको आँखा उपचार केन्द्रका ‘क्लिनिक इञ्चार्ज ’ काजी गुरुङले जानकारी दिए।
आँखा पाक्ने रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीभित्रको भाग पोलेको र बिझाएको महसुस हुने तथा आँखा रातो र फुस्रो हुने जनाइएको छ। धेरै आँसु आउने, बिहान उठ्ने समयमा आँखाको ढकनी एकआपसमा टाँसिने, चिलाउने जस्ता समस्या देखिने स्विास्थ्यकर्मीले जनाएका छन्।
आँखा पाक्ने समस्याबाट बच्न सरसफाइमा ध्यान दिने, धुलो धुवाँबाट टाढै रहन स्वास्थ्यकर्मीको सुझाव छ । यस्तै आँखामा समस्या आइहाले आँखा उपचार केन्द्रमा गई जाँच तथा उपचार गराईहाल्नसमेत  केन्द्रले आग्रहसमेत गरेको छ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?