सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी

सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी
+
-

सिमकोट – जिल्लाको एउटा सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी हुने गरेको पाइएको छ। गाउँमा प्रसूतिगृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेका कारण गर्भवती महिलाले गोठमै सुत्केरी हुनुपरेको हो।

सिमकोट गाउँपालिका– ८ का वडाध्यक्ष कमल बुढाले सिंगो खोल्सी गाउँका गर्भवती महिला घरकै गोठमा सुत्केरी हुने गरेको बताए।

गोठमै सुत्केरी गराउने कार्य राम्रो नभएको कुरा सम्झाउने प्रयास गर्दा पनि अभिभावकले नमान्ने गरेको उनले बताए। गोठमै व्यथा लागेकी गर्भवतीलाई सुत्केरी गराउँदा सुरक्षित नहुने र सम्भावित खतराबारे जानकारी गराउँदा पनि गाउँवासीले नमान्ने गरेको उनको भनाइ छ।

खोल्सी आधारभूत स्वास्थ्य एकाइका अहेब धीरेन शाहीले आठ पटकसम्म गर्भ जाँच गराउन आउने गर्भवती महिला सत्केरी गराउन भने वडाको स्याँडा स्वास्थ्य चौकीमा रहेको प्रसूतिगृहमा जान नमान्ने बताए। अघिल्लो आर्थिक वर्षमा उक्त गाउँमा १७ जना गर्भवती महिला भए पनि सबै जना गाउँकै गोठमा सुत्केरी भएका थिए। उनीहरूमध्ये एक जना जटिल केस भएपछि जिल्लामा उद्धार गर्नुपरेको थियो।

गाउँका गोठ–गोठमा सुत्केरी गराउने गर्भवती महिलालाई गर्भजाँच गरेबापतको रकम दिइने गरे पनि प्रसूतिगृहमा सुरक्षित सुत्केरी गराएबापत पाउने भत्ता भने दिइने गरेको छैन।

गाउँबाट एक घण्टा टाढा रहेको स्याउँ स्वास्थ्य चौकी र आधा घण्टा टाढाको धारपोरी आधारभूत स्वास्थ्य केन्द्रमा गर्भवती जान खोजे पनि परिवार र गाउँलेले सहयोग नगरेका कारण सबै गर्भवती महिला गाउँमा सुत्केरी हुन बाध्य भएका हुन्। सय घरधुरी रहेको उक्त गाउँमा अधिकां ठकुरी समुदाय र केही घरधुरी दलित छन्।

यो समस्या खोल्सी गाउँको वर्षौंबाट हुँदै आएको छ। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले यो समस्या खोल्सी गाउँका लागि जल्दोबल्दो रहेको र केही समयअगाडि आफू गएर सहजीकरण गर्न खोज्दा उल्टो कुरा गरेको बताए। सिंगो गाउँकी गर्भवती महिलालाई संस्थागत सुत्केरी गराउन वातावरण नबनेपछि शाखाले अब चाँडै प्रसूतिगृहको व्यवस्था गर्न लागेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?