अनुदानको मलमा कालोबजारीः तोकेकोभन्दा १५ रुपैयाँ महँगोमा किन्न किसान बाध्य

अनुदानको मलमा कालोबजारीः तोकेकोभन्दा १५ रुपैयाँ महँगोमा किन्न किसान बाध्य
+
-

पोखरा – सरकारले किसानलाई अनुदानमा उपलब्ध गराउने मलमा कालोबजारी भएको पाइएको छ। मल बिक्रीका लागि अनुमति नलिइकन अनुदानको मल दुरुपयोग गरेर किसानसँग चर्को मूल्य लिएको खुलेको हो।

पोखराको अमरसिंह चोकमा रहेको अमरसिंह शुलभ कृषि सामग्रीले मल बिक्रीका लागि अनुमति नलिइकन तोकेको मूल्यभन्दा १५ रुपैयाँसम्म बढी लिएको हो।

उपभोक्ताको गुनासो आएपछि आइतबार पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समिति तत्काल अनुगमनमा पुग्यो।

महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोलासहित पुगेको टोलीले अनुगमनमा उपभोक्ता सहकारी संघबाट मल ल्याएर २१ रुपैयाँको युरियालाई ३५ रुपैयाँ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँ प्रतिकेजीमा बिक्री गरेको फेला पारेको हो।

अमरसिंह शुलभ कृषि सामग्रीमा फेला परेको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास बिक्रीमा रोक लगाएको पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। ‘स्थानीय मल व्यवस्थापन समितिले तोकेको क्षेत्रभित्र किसानको परिचय खुल्ने गरि बिक्री गर्नुपर्ने भए पनि त्यसको समेत पालना भएको पाइएन। थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाइएको छ’, उनले भने।

यस्तै, उपभोक्ता सहकारी संघले पनि कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा ल्याएको मल बिक्रीका लागि अनुमति नलिएको सहकारी र पसललाई चर्को मूल्यमा बिक्री गरेको छ।

कार्यक्षेत्रभन्दा बाहिर मल पठाउने गरेको, बिलबिजक जारी नगरेको, मूल्यसूची नराखेको फेला परेको हो। कृषि सामग्रीबाट ल्याएको ५० बोरा र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट ल्याएको ३५ बोरा युरिया त्यसरी बिक्री गरेको भेटिएकाले सोमबार जिल्ला प्रशासनमा हाजिर हुन भनिएको छ।

साउन १२ गते बसेको पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिले सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य तोकेको थियो।

मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण तोकेको छ।

डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा तोकिएको छ। पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ। मल बिक्रेताले प्लाष्टिक झोलाको २ रुपैयाँसम्म लिन पाउनेछन्।

पोखराका २६ वडामा ६७ केन्द्रबाट मल बिक्री वितरणको अनुमति दिएको महानगरले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?