
पोखरा- पोखराको पृथ्वी (लखन) चोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा गायब भएको छ ।
सहिद लखन थापाको शालिकमुनि रहेको प्रतिमा गायब भएको हो । बुधबार दिउँसोदेखि लखन थापाको शालिकको मुनि रहेको प्रतिमा गायब भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।
बुधबार साँझ पृथ्वीचोकमा केहीबेर नाराबाजी गर्दै धर्ना दिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । बिहीबार बिहानसम्म प्रतिमा साविककै ठाउँमा पुनर्स्थापना नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए ।
२९ औं आदीवासी दिवस मनाउने क्रममा शालिक हटाएको हुन सक्ने राप्रपाको आशंका छ । आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष धर्मबहादुर गुरुङले प्रतिमा नहटाएको बताए । उनले यो विषयमा आफू जानकार नभएको बताए । ‘त्यस्तो योजना थिएन । हाम्रो मान्छेले फालेनन् होला’, उनले सुनाए ।