नोबेल र डेजियन युरी अस्पतालबीच मेरुदण्डको उपचारका लागि सम्झौता

नोबेल र डेजियन युरी अस्पतालबीच मेरुदण्डको उपचारका लागि सम्झौता
+
-

मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र दक्षिण कोरियास्थित डेजियन युरी अस्पतालबीच स्वास्थ्योपचारसम्बन्धी सम्झौता भएको छ।

अस्पताल प्रशासन शाखाका अनुसार मेरुदण्डको नसा च्यापिएको, हड्डी खिइएको, नसा जाने भाग साँघुरिएको जस्ता समस्याको उपचार दुर्बिन प्रविधिमार्फत आवश्यक समन्वय र सहकार्य गर्न समन्वय र सम्झौता भएको हो।

यससँगै नोबेलमा बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउन युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपी स्पाइन सर्जरी हुने शाखाले जनाएको छ। शाखाले मेरुदण्डसम्बन्धी शल्यक्रिया अस्पतालमा दुर्बिनबाट गरिने भएको हो।

अस्पतालका उपनिर्देशक तथा न्युरो विभाग प्रमुख वरिष्ठ न्युरो सर्जन डा. प्रकाश काफ्लेले कोरियास्थित युरी अस्पतालका वरिष्ठ चिकित्सकहरूको साथमा नोबेल अस्पतालका चिकित्सकलाई ‘इण्डोस्कोपी स्पाइन सर्जरी’सम्बन्धी नयाँ प्रविधिको प्रयोगका विषयमा सहजीकरण गर्ने जानकारी दिए।

उपनिर्देशक डा. काफ्लेले यस सम्झौतासँगै नेपालमा रहेका मेरुदण्डबाट समस्यामा रहेका बिरामीका लागि सहजीकरण हुने बताए।

त्यसैगरी, अस्पतालका महानिर्देशक दीपेश राईले सम्झौताअनुसार दुवै अस्पतालका चिकित्सकबीच अनुभव आदानप्रदान गर्ने गरी सम्झौता भएको जानकारी दिए।

कोरियामा रहेका डा. काफ्ले र युरी अस्पतालका अध्यक्ष चिओल वुङ पार्कले सम्झौता गरेको महानिर्देशक राईले जानकारी दिए।

दुर्बिनको माध्यमबाट गरिने मेरुदण्डको शल्यक्रियाका लागि कोरियाको युरी अस्पताल चर्चित छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?