मकवानपुरमा आँखा पाक्ने बिरामी बढे, अस्पतालमा उपचार गराउनेको भीड

मकवानपुरमा आँखा पाक्ने बिरामी बढे, अस्पतालमा उपचार गराउनेको भीड
+
-
बागमती – हेटौँडालगायत मकवानपुर जिल्लामा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या प्रतिदिन बढ्दै गएको छ।
आँखा पाक्ने रोग लागेपछि हेटौँडा सामुदायिक अस्पतालमा  उपचार गराउनेको सङ्ख्या बढ्दै गएको छ। आँखा रातो हुने,  चिलाउने, दुख्ने र आँखाबाट पानी आउने गरेपछि उपचार गराउनेको सङ्ख्या अहिले अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ।
दैनिक दुई सय हाराहारीमा उपचार गराउन आउने आँखाका बिरामी रहेको सो अस्पतालमा अहिले दैनिक सात सयसम्म आँखा पाक्ने रोगको बिरामी आउने गरेको बताइएको छ।
अस्पतालका नेत्र विशेषज्ञ डा सुनिल थकालीले सो अस्पतालमा आँखा पाक्ने रोगको सङ्क्रमणका बिरामी दैनिक करिब सात सयको हाराहारीमा आउने गरेको जानकारी दिए।
आँखाका बिरामीको सङ्ख्या अत्यधिक भएपछि अस्पतालले उपचार कसरी दिने भन्ने विषयमा बैठक बसेर छलफलसमेत भएको उनले बताए।
बैठकले आकस्मिक उपचारका लागि मात्र आउनका लागि सूचना जारी गरेकोे छ भने अस्पतालको क्षमताअनुसार दैनिक पाँच सय मात्र टिकट वितरण गर्ने प्रणाली सुरु गरिएको बताइएको छ।
अस्पतालमा उपचार गराउन आउनेमध्ये बालबालिका अत्यधिक रहेको अस्पतालका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए। विद्यालयमा एउटै कक्षामा धेरै बालबालिका अध्ययन गर्ने र बस्ने गर्दा सो रोगको सङ्क्रमण विद्यार्थीमा बढ्दै गएको हो। ती बालबालिकाबाट घरका सदस्यहरूमा आँखा पाक्ने रोग सरिरहेको छ।
अस्पतालका अर्का आँखा विशेषज्ञ डा एलिना गौचनका अनुसार बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालको फार्मेसीमा मौज्दात औषधि सकिन लागेको र अभावको स्थिति आएको छ।
बिरामी जति सङ्ख्यामा बढ्दै जान्छ त्यति नै सङ्ख्यामा औषधिको आवश्यकता रहेकाले अबको केही दिनमा औषधिको अभाव हुने निश्चित रहेको उनले बताए। यस्तो अवस्थामा पनि सङ्क्रमणका रूपमा फैलिएको सो रोगको सम्बन्धमा हेटाँैडा उपमहानगरपालिका, जनस्वास्थ्य कार्यालय हेटौँडा र अन्य पालिकाले खासै  ध्यान नदिएको अस्पतालका चिकित्सकहरूको गुनासो छ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?