इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरेको भन्दै नेविसंघले घेर्‍यो बालुवाटार (तस्बिर)

इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरेको भन्दै नेविसंघले घेर्‍यो बालुवाटार (तस्बिर)
+
-

काठमाडौं- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री निवास बालुवाटार घेरेको छ।

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा आइतबार बिहान बालुवाटार घेराउ गरिएको हो।

विद्यार्थीहरूले विभिन्न नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए। घेराउका क्रममा विद्यार्थीहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो।

सर्वसुलभ र गुणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व हो भन्दै नेविसंघले इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने जनाएकाे छ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको फिर्ता, इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यायलको इन्जिनियरिङ शिक्षामा मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने र विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषण गर्नुपर्नेजस्ता माग नेविसंघले राखेकाे छ।

पाँच दिनदेखि आमरण अनशनमा रहेका नेविसंघका नेता सुलभ चापागाईंको जीवनरक्षाको पनि माग गरिएकाे छ।

हेर्नूहोस् तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष