भिल्लारियललाई हराउँदै बार्सिलोना अपराजित

भिल्लारियललाई हराउँदै बार्सिलोना अपराजित
+
-

स्पेनिस ला-लिगा फुटबलमा आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ४-३ को रोमाञ्चक जित हासिल गरेको छ। गोल वर्षा भएको खेलमा बार्सिलोनाले बाजी मारेको हो।

सुरुवातमा नै दुई गोलको अग्रता बनाएको बार्सिलोना विरुद्ध भिल्लारियलले पहिलो हाफमा नै बराबरी गोल फर्कायो। दोस्रो हाफमा भिल्लारियलले अग्रता बनाए पनि टोरेस र लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको महत्त्वपूर्ण तीन अंक निश्चित गरे।

खेलमा भिल्लारियलले चौंथो मिनेटमा नै अलेकज्यानडर सरलठले गोल गरे पनि भी.ए.आरले उनको गोललाई अफसाइड घोषित गरेको थियो। तर खेलमा दबाबबीच फर्किने क्रममा बार्सिलोनाले १२औं मिनेट गाभीको गोलामार्फत् अग्रता लियो। १६ वर्षीय लामीन यमालको पासमा १९ वर्षीय गाभीले हेड गोल गरेका थिए।

१५औं मिनेटमा फ्रेन्की डी यङले अग्रता दोब्बर बनाउँदै बार्सिलोनालाई केही बलियो बनाए। तर २५ औं मिनेटमा फोइथले गोल गर्दै खेलमा फर्कियो। ४०औं मिनेटमा सरलठले गोल गर्दा पहिलो हाफ २-२ गोलको बराबरी भएको थियो।

भिल्लारियलले ५०औं मिनेटमा एलेक्स बएनाको गोलमा अग्रता बनायो। तर ६८ औं मिनेटमा बराबरी गोल गर्न बार्सिलोना सफल भयो। पाँच मिनेट अगाडि मैदान प्रवेश गरेका फेरान टोरेसले बार्सिलोनालाई खेलमा फर्काए।

त्यसको तीन मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दिलाउँदै बार्सिलोनाको जित निश्चित गरे। जितपछि बार्सिलोनाको तीन खेलबाट ७ अंक भएको छ।

त्यस्तै, ला-लिगाका अन्य खेलमा ओसासुनाले भ्यालेन्सियालाई २-१ ले पराजित गर्दा एट्लेटिको बिलबाओले रियल बेटिसलाई ४-२ ले पराजित गर्‍याे।

लिगमा रियल म्याड्रिड ३ खेलमा तीन जितसहित ९ अंकका साथ शीर्ष स्थानमा रहँदा गिरोना र बार्सिलोनाको समान ७ अंक रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष