धनगढीको स्वस्तिक अस्पतालमा पत्थरीको अप्रेसन गर्दा किड्नी झिकेका बिरामीको ज्यान गयो

धनगढीको स्वस्तिक अस्पतालमा पत्थरीको अप्रेसन गर्दा किड्नी झिकेका बिरामीको ज्यान गयो
+
-

धनगढी-धनगढीस्थित स्वस्तिक अस्पतालमा एक जना बिरामीको पत्थरीको अप्रेसनको क्रममा किड्नी झिकेपछि बिरामीको ज्यान गएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । मृतक चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार बिहान बिरामीलाई अस्पताल भर्ना गरिएको थियो।

उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी दुईवटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो।

अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्यधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको हो।

मृतकका भतिजा राजकुमारले भने, ‘सबै परीक्षणपछि अप्रेसनको लागि अप्रेसन थिएटर लगियो। सुरुमा अप्रेसन सफल भयो भनियो तर साँझ बिरामी बेहोस भए। उनको पेट पुरै फुल्यो। बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएको रहेछ। पछि पुनः डाक्टरले अप्रेसन गरेर किड्नी नै झिकिदिए। बिरामीको अवस्था झन बिग्रियो। त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए।’

अस्पतालका अध्यक्ष महेश जोशीले पनि अप्रेसन हुँदा अत्यधिक रक्तश्राव हुँदा त्यसलाई रोक्न किड्नी झिकिएको र त्यसले पनि नरोकिएपछि अवस्था बिग्रिएको बताए।

डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएकोले सत्यतथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?