मविरुद्ध मिडियामा कपोलकल्पित समाचारहरू बनाइए: नम्रता श्रेष्ठ

मविरुद्ध मिडियामा कपोलकल्पित समाचारहरू बनाइए: नम्रता श्रेष्ठ
+
-

काठमाडौं- कलाकार नम्रता श्रेष्ठले सारुक ताम्राकारले आत्महत्या गरेपछि आफूविरुद्ध मिडियामा आएका कपोलकल्पित समाचारहरू प्रति घोर भर्त्सना गरेकी छन्।

साेमबार बिहान कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् पत्रकारिताको घोर भर्त्सना गरेकी हुन्।

कलाकार सारुक ताम्राकारले गत असार २१ गते आत्महत्या गरेका थिए। उनको निधनपश्चात् विभिन्न मिडियाले कलाकार श्रेष्ठ विरुद्ध समाचार सम्प्रेषण गरेका थिए। तिनै समाचारप्रति उनले आपत्ति जनाएकी हुन्।

कलाकार श्रेष्ठले उतिबेलै आफूले प्रहरीको अनुसन्धान बिथाेलिएला भनेर यस विषयमा केही पनि नबाेलेकाे स्पष्ट पारेकी छन्।

अनुसन्धानले दूधकाे दूध र पानीकाे पानी छुट्याउने उनकाे भनाइ छ।

मिडियामा आएकाे कालाे बाेका र बुटीकाे कुरालाई लिएर कलाकार श्रेष्ठले एक्काइसाैं शताब्दिमा यस्तो रूढीवादी कुरा गर्नु युक्तिसंगत हुन्छ हाेला भन्दै प्रश्नसमेत गरेकी छन्।

उनले प्रहरीकाेमा गएर आफूले बयान दिएकाे पनि बताएकी छन्।

साथै उनले स्वर्गीय कलाकार सारुकप्रति हार्दिक श्रद्धाञ्जली दिँदै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना पनि व्यक्त गरेकी छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष