स्टार्टअपलाई व्यवसायमा रूपान्तरण गरी सरकारले उद्यमशीलता प्रवर्द्धन गर्ने मन्त्री रिजालको दावी

स्टार्टअपलाई व्यवसायमा रूपान्तरण गरी सरकारले उद्यमशीलता प्रवर्द्धन गर्ने मन्त्री रिजालको दावी
+
-

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले युवाहरूको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न नीति बनाइरहेको दावी गरेका छन्।

सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै मन्त्री रिजालले यस्तो दावी गरेका हुन्।

मन्त्री रिजालले सरकारले नवप्रवर्तनकारी विचारहरुलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको बताए।

उनले सरकारले स्टार्टअपका लागि उपयुक्त कानुन तथा नीतिगत सुधार गरी उपयुक्त वातावरण सिर्जना गर्ने बताए।

मन्त्री रिजालले भने, ‘नेपाललाई आगामी २०३० सम्ममा स्टार्टअपमैत्री राष्ट्र बनाउन सरकार औद्योगिक क्षेत्र र शैक्षिक क्षेत्री बीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा राखेको छु। सरकारले स्टार्टअपका लागि उपयुक्त वातावरण सिर्जना गरी नवप्रवर्तनकारी विचारहरूलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको छ। देशमा स्टार्टअपका लागि अनकुल इकोसिस्टम सिर्जना गर्ने विभिन्न कानुनी तथा नीतिगत सुधारहरू गरिरहेको छ।’

उनले स्टार्टअप उद्यमको लागि स्टार्टअप नीति तयारी गरिरहेको पनि बताए।

मन्त्री रिजालले सरकारको वार्षिक कार्यक्रम र निजी क्षेत्रसँगको सहकार्यले नेपालमा स्टार्टअपका लागि बलियो जग बन्ने अपेक्षा रहेको पनि उल्लेख गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष