एसिया कप: भारत र पाकिस्तानका लागि ‘सरप्राइज’ प्याकेज नेपाल

एसिया कप: भारत र पाकिस्तानका लागि ‘सरप्राइज’ प्याकेज नेपाल
+
-

विश्व क्रिकेटका दुई महारथी भारत र पाकिस्तानसँग नेपालले पहिलो पटक सिनियर स्तरमा बुधबार प्रतिस्पर्धा गर्दैछ। एसिया कप भारत र पाकिस्तानका लागि जति अर्थपूर्ण हुने गर्छ। यो पटक नेपालका लागि त्योभन्दा बढी अर्थपूर्ण र प्रतीक्षित छ।

नेपालले विश्व क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक बलियो प्रतिद्वन्द्वीविरुद्ध पहिलो पटक प्रतिस्पर्धा गर्दा गुमाउनु केही छैन। नेपाल विश्वकप जितिसकेका यी दुई टिमलाई कम्तीमा अप्ठ्यारो पार्ने प्रयासमा मैदान उत्रिने छ।

तर भारत र पाकिस्तान एकअर्का विरुद्ध जति सचेत छन्, उनीहरू नेपालले पार्न सक्ने अप्ठ्याराेका बारेमा पनि उत्तिकै जानकार छन्। नेपाली ब्याटिङ लाइन अप ५० ओभर खेल्न सक्षम भएमा स्वाभाविक रूपमा दुबै टिमलाई सकस पर्ने छ।

पहिलो पटक नेपाल विरुद्ध खेल्दै गर्दा केही दिनअघि मात्र विश्व नम्बर एक बनेको पाकिस्तान र उपाधि दाबेदार भारत दुबैका लागि ‘सरप्राइज’ टोलीका रूपमा रहेको छ- नेपाल।

नेपाली टिमले विश्वकप छनोटमा टेस्ट टोली विरुद्ध खेलेको अनुभवपछि बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्दैगर्दा उनीहरू नेपालको खेलबारे जानकार छैनन् तर अनभिज्ञ पनि होइनन्।

पाकिस्तान प्रस्थान गर्नुअघि नेपालका कप्तान रोहित पौडेलले एउटा सपना साकार हुन लागेको बताएका थिए। नेपाल यो अवसर र चुनौतीलाई आफ्नो विश्व क्रिकेटमा पहिलो पाइलाका रूपमा स्थापित गर्न प्रयास गर्ने छ। सबै नेपाली खेलाडी यो अवसरलाई लिएर जति उत्साहित छन् उत्तिकै बेचैनी र व्यग्रता पनि नेपाली खेलाडीमा रहेको छ।

कप्तान रोहित पौडेल भाग्यमानीकप्तान समेत हुन्। किनकि पूर्वखेलाडीहरूले छाडेको विरासतमा उनले भारत-पाकिस्तानसँग एकै मञ्चमा प्रतिस्पर्धाको अवसर पाएका छन् कप्तानका रूपमा। एसिया कपमा उनी सर्वाधिक कान्छो कप्तान हुन्। त्यसो त टोली नै युवा खेलाडीले भरिएको छ। सर्वाधिक युवा खेलाडी भएको टोली नै नेपाली टिम हो।

कम्तीमा नेपाली युवा खेलाडीका लागि व्यक्तिगत रूपमा समेत आफूलाई प्रमाणित गर्ने ठूलो अवसर यो प्रतियोगिता रहेको छ।

भारत र पाकिस्तान एसिया कप खेल्न जानुअघि प्रशिक्षक मोन्टी देशाई विश्वकप लिग-२ मा गरेको अविश्वसनीय यात्राले झस्किएका छन्। नेपालले १२ मध्येको ११ खेल जितेर ‘जादुमयी’ प्रदर्शन गरेका कारण लिग-२ बाट रेलिगेसन क्षेत्रबाट विश्वकप छनोटसम्मको यात्रा तय गर्न सक्षम भएको थियो। त्यही खेलले नै नेपालले वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्डजस्ता टेस्ट राष्ट्रसँग खेल्ने अवसर पायो।

भारत र पाकिस्तानसँगको यो भेट पनि सोही समयको लयको परिणाम हो। गत अप्रिलमा काठमाडौंमै भएको एसिसी प्रिमियर कप जितेपछि नेपालले पहिलो पटक एसिया कपमा स्थान बनायो। नेपालले एसिया कपमा स्थान बनाएपछि पनि भारत र पाकिस्तानबीचको राजनीतिक लडाइँले कतै एसिया कप प्रभावित हुने त हैन भन्ने आँकलन भएका थिए।

पाकिस्तानमा आयोजना हुने प्रतियोगितामा भारतले नजाने अड्डी लिएपछि प्रतियोगिता संशयमा परेको थियो। तर पाकिस्तान संयमित बन्दै श्रीलंकामा समेत प्रतियोगिता गर्नका लागि तयार भएपछि एसिया कपको वातावरण बनेको थियो।

धुमिल वातावरणबीच पक्का भएको एसिया कपको औपचारिका सुरुवात बुधबार हुँदै छ। पाकिस्तानको मुल्तानमा नेपालले आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग खेल्दै औपचारिक रूपमा एसिया कप सुरु हुने छ।

विश्व नम्बर एक एकदिवसीय राष्ट्रले सहज जित्ने आँकलनबीच नेपाली टिम एकपटक आफ्नो ‘सरप्राइज’ छवि प्रस्तुत गर्ने प्रयासमा मैदानमा उत्रिने छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष