दुर्घटनामा परी कन्काई हस्पिटल बिर्तामोडका चिकित्सक यादवको मृत्यु

दुर्घटनामा परी कन्काई हस्पिटल बिर्तामोडका चिकित्सक यादवको मृत्यु
+
-

झापा- मोरङको उर्लाबारीमा मोटरसाइकल दुर्घटनामा परी कन्काई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर निरज यादवको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तरगत उर्लाबारीमा मंगलबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक डा.यादवको मृत्यु भएको हो।

आज बिहान ६.१५ बजे उर्लाबारी– ४ स्थित ऊं सत्य साई पेट्रोल पम्पनजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको यादवले चलाएको प्र १-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-३-००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका सप्तरी तेरहौता ५ घर भएका २८ वर्षीय डा. यादवको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर देवेन्द्र दासले जानकारी दिए।

ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमबिबिएस गरेका डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत रहेका थिए। हस्पिटलमा ड्युटी गर्नका लागि घरबाट आउँदै गर्दा उनी दुर्घटनामा परेको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?