बाबर भन्छन् नेपाललाई कमजोर आँक्दैनौं, हाम्रा लागि हरेक बल महत्वपूर्ण: रोहित

बाबर भन्छन् नेपाललाई कमजोर आँक्दैनौं, हाम्रा लागि हरेक बल महत्वपूर्ण: रोहित
+
-

काठमाडौं-एसियाकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बुधबार पाकिस्तानको सामना गर्दै छ। पाकिस्तानसँग खेल्नु अघि नेपाली टिमका कप्तान रोहित पौडेलले आफ्नो टिमका लागि हरेक बल महत्वपूर्ण भएको बताएका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोहितले पाकिस्तान अनुभवी र बलियो टिम भएपनि मैदानमा नेपाल आफ्नो सक्दो उत्कृष्ट प्रदर्शनका लागि तयार रहेको बताए। उनले विश्वकप छनोट र इमर्जिङ कपको अनुभवले पाकिस्तानसँग प्रतिस्पर्धामा सहयोग पुग्ने विश्वास ब्यक्त गरे। रोहितले भने ‘पाकिस्तानसँग खेल्न पक्कै पनि सहज छैन, तर हाम्रो ध्यान हरेक बलमा केन्द्रीत हुने छ।’ उनले विपक्षी भन्दा पनि हरेक बलमा फोकस भएर मैदानमा उत्रने बताए।

पाकिस्तानका कप्तान बाबर अजामले टिमको राम्रो मोमेन्टमलाई कायम राख्न मैदान उत्रिने बताए। उनले नेपाल विरुद्धको खेललाई सहज नलिएको बताए। उनले भने ‘क्रिकेट खेलमा कुनैपनि टिमलाई कमजोर सम्झिंदैनौं। हामी पहिलो खेलमा नेपाल विरुद्ध पनि सतप्रतिशत दिएर खेल्ने छौं। नेपाललाई कमजोर आँक्दैनौं।’ उनले भारतसँगको खेलका विषयमा संधै प्रतिस्पर्धात्मक रहने भन्दै सोही अनुसार प्रदर्शन गर्ने बताए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष