
एसियाकप सुरु हुन अब केही समय मात्रै बाँकी छ।
नेपालमा सामाजिक सञ्जालदेखि राजनीतिकर्मीसम्मलाई शुभकामना दिन भ्याइनभ्याइ छ।
यो ऐतिहासिक समयको साक्षी बस्न नेपाली समर्थकले लामो समयको प्रतिक्षा गर्नुपर्यो।
अर्थात नेपालले औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट सुरुवात गरेको २७ वर्षपछि एकदिवसीय क्रिकेटमा विश्व नम्बर एक टिमसँग प्रतिस्पर्धा गर्दै छ।
सन् १९९६ एसिसी ट्रफी अन्तर्गत मलेसियामा पहिलो अन्तर्राष्ट्रिय यात्रा गरेपछि सर्वाधिक उच्च श्रेणीको क्रिकेट खेल्दै छ।
२०१४ को छोटो फर्म्याट अर्थात टी-२० विश्वकप नेपालको हाल सम्मचो उच्च स्तरको प्रतिस्पर्धा भएपनि एकदिवसीय क्रिकेटमा यो नै नेपालको अहिले सम्मको उच्च स्तरको प्रतियोगिता हो।
अझ पाकिस्तानसँगको खेल अहिले सबै देशको रोजाइमा पर्छ।
विश्न नम्बर एक बन्दै गर्दा पाकिस्तानको क्रिकेट अहिले सर्वाधिक स्वर्णिम समयमा रहेको छ।
एसियाकप खेल्नका लागि नेपाल दाबेदार टोली सधैँ हो। तर हरेक दुई वर्षमा हुने एसीसी ट्रफी र नयाँ स्वरूपमा आएको प्रिमियर कप नेपालको पक्षमा कहिले पनि रहेन।
परिणामत: लामो समय एसियाकपका लागि नेपालले कुर्नुपर्यो।
सन् २००२ को एसीसी ट्रफीमा फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएर इतिहास रच्यो।
तर दुर्भाग्य भारत-पाक राजनीतिक द्वन्द्वको सिकार नेपाल भयो। अर्थात क्रिकेट बन्यो।
सधैँ बिवादबीच भारत र पाकिस्तानमा हुने क्रिकेट अन्तिमसम्म संशयमा पर्छ।
तर यो पटक यस्तै संशय चिर्दै अझ पाकिस्तानको संयमताले एसिया कप सम्भव भयो।
२००२ को कारगिल युद्धले तोडेको सपना मुल्तानमा जोडिंदै छ। भारत र पाकिस्तानबीच तनाव बढ्दा एसिया कपको भविष्यमा नै प्रश्न उठ्दै आएको छ।
अहिले पनि भारत र पाकिस्तानबीच तनाब नभएको होइन उस्तै तनाब छ तर कम्तिमा एसले एसियाकपलाई भने यो पटक पिरोलेन पाकिस्तानले भारतको माग बमोजिम श्रीलंकामा भारत सहित महत्वपूर्ण खेलको जिम्मा दिंदा एसिया कप सम्भव भयो।
यही एसियाकपको आफ्नो महत्वपूर्ण र उद्घघाटन खेलमा नेपाल पाकिसत्तानसँग मुल्तानमा प्रतिस्पर्धा गर्दै छ। देशभर यो ठुलो इभेन्टका लागि दर्शकहरु मुटु रोकेर क्रिकेट हेर्न होमिएका छन्।