अघा सलमान भए सन्दीपको सिकार, नेपालले लियो चौथो विकेट

अघा सलमान भए सन्दीपको सिकार, नेपालले लियो चौथो विकेट
+
-

पाकिस्तान विरुद्ध नेपालले चौथो सफलता हात पारेको छ।

सलमान ५ रनको अवस्थामा लेग स्पिनर सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए।

सलमान आउट भएसँगै पाकिस्तानले १ सय २४ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको छ।

त्यसअघि कप्तान बाबर अजाम र मोहम्मद रिजवानले ८६ रनको साझेदारी गर्दै टिमलाई १०० रनको स्कोर पुरा गराएका थिए।

यस्तोमा टिमको स्कोर १ सय ११ रन हुँदा रिजवान रनआउटको सिकार भएसँगै नेपालले तेस्रो सफलता प्राप्त गरेको हो।

रिजवान दिपेन्द्र सिह ऐरी द्वारा ४४ रनको अवस्थामा रनआउट भएका हुन्।

त्यसअघि नेपालले राम्रो सुरुवात गर्दै सस्तैमा पाकिस्तानका दुई ओपनरलाई पेभिलियन पठाएको थियो।

पाकिस्तानका लागि ओपनर फखर जमान १४ रनमा आउट हुँदा इमाम उल हक ५ रनमा आउट भए।

फखरलाई करण केसीले आउट गर्दा इमामलाई रोहितले रनआउट गरेका थिए।

अहिले पाकिस्तानले २८ ओभरको समाप्तीमा १ सय १३२ रन पुरा गर्दा चार विकेट गुमाएर खेलिरहेको छ।

क्रिजमा कप्तान बाबर अजाम ५१ रन बनाएर खेलिरहेका छन्। पाकिस्तानमा अजामको यो नवौ अर्धशतक हो। अजामलाई साथ दिन अहिले क्रिजमा इफ्तिखर अहमेद आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष