पाकिस्तान विरुद्ध संकटमा नेपाल, १४ रन जोड्दा गुमायो ३ विकेट

पाकिस्तान विरुद्ध संकटमा नेपाल, १४ रन जोड्दा गुमायो ३ विकेट
+
-

काठमाडौं- एसिया कप क्रिकेटमा नेपालले सुरुवातमानै लगालग ३  विकेट गुमाएको छ। पहिलो ओभरमा  सहिन सा अफ्रिदीको बलमा नेपालले ओपनर कुशल भुर्तेल ८ रनमा गुमायो। लगतै क्रिजमा आएका रोहित पौडेल पनि अफ्रिदीकै बलमा एलबिडब्लुको सिकार भएका थिए। भुर्तैललाई पहिलो ओभरको पाँचौ बलमा  गुमाउँदा रोहितलाई छैटौं बलमा गुमायो।

लगतै अर्को ओभरमा नेपालले दोस्रो ओभरको चौंथो बलमा अर्का ओपनर आसिफ शेखलाई ५ रनमा गुमाउँन पुग्दा नेपाल लगालग विकेट पतनको सिकार भएको हो। नेपालले १४ रन जोड्दा ३ विकेट गुमाएको छ। आसिफलाई  इफ्तिखर अहमेदले सनिम साह द्वारा क्याचआउट गराएका थिए।

भुर्तेलले ४ बल खेलेर २ चौका प्रहार गर्दा कप्तान रोहित भने पहिलो बलमानै आउट भए। अहिले क्रिजमा  आरिफ शेख  र सोमपाल कामी रहेका छन।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ। पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ४२ रन बनाएको थियो।

पाकिस्तानको उच्च स्कोरमा कप्तान बाबर अजाम र इफ्तिखर अहमेदले पाँचौं विकेटका लागि २ सय १४ रनको सानदार साझेदारी सम्भव बनाए। पाकिस्तानको उच्च स्कोरमा नेपालको कमजोर फिल्डीङ पनि महत्वपूर्ण रह्यो। साथै केही महत्वपूर्ण क्याच छुटाउन पुग्दा प्रतिस्पर्धात्मक स्कोरमा रोक्ने अवसरबाट नेपाली खेलाडी चुकेका थिए। एकसमय १ सय २४ रनको अवस्थामा चार विकेट गुमाएर संघर्ष गरेको पाकिस्तानले इफ्तिखरको आगमनसँगै उत्कृष्ट प्रदर्शन गर्‍यो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष