एसियाकपमा पाकिस्तानको सानदार सुरुवात, नेपाल २ सय ३८ रनले पराजित

एसियाकपमा पाकिस्तानको सानदार सुरुवात, नेपाल २ सय ३८ रनले पराजित
+
-

काठमाडौं- पहिलो पटक एसियाकपमा सहभागि भएको नेपाल अन्तत विश्व नम्बर एक पाकिस्तानसँग फराकिलो हारको सिकार भएको छ। बलिङ, ब्याटिङ र फिल्डीङमा निरीह रहेको नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भयो।

पाकिस्तानको यो तेस्रो फराकिलो रन अन्तरको जित हो। यसअघि २०१६ मा आयरल्यान्ड विरुद्ध २ सय ५५ रनको जित निकालेको पाकिस्तानले जिम्बाब्वेसँग २०१८ मा २ सय ४४ रनको जित निकालेको थियो। नेपालको भने यो एकदिवसीय अन्तराष्ट्रिय इतिहासमा सर्वाधिक फराकिलो रन अन्तरको हार हो।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमा समेटियो। नेपालका लागि कुनैपनि खेलाडीले सम्झनलायक इनिङ खेल्न सकेनन्। सोमपाल कामीको २८ रन सर्वाधिक रह्यो। उनी बाहेक आरिफ शेखले २६ रन बनाएका थिए।

१४ रनमा ३ विकेट गुमाएको नेपाललाई आरिफ र सोमपालले पाँचौं विकेटका लागि ५९ रनको साझेदारी गर्दै केही समय समालेका थिए। तर आरिफ आएट भएपछि लगातार विकेट पतनको सिकार हुन पुगेको नेपाल फराकिलो अन्तरले हार्‍यो। नेपालका लागि थप दोहोरो स्कोरका रुपमा गुल्सन झाको १३ रन रह्यो। पाकिस्तानका लागि सादब खानले ४ विकेट लिंदा सहिन सा अफ्रिदी, हरिस रउफले २-२ विकेट लिएका थिए।

त्यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो। पाकिस्तानको उच्च स्कोरमा कप्तान बाबर अजाम र इफ्तिखर अहमेदले पाँचौं विकेटका लागि २ सय १४ रनको सानदार साझेदारी सम्भव बनाए।

पाकिस्तानको उच्च स्कोरमा नेपालको कमजोर फिल्डीङ पनि महत्वपूर्ण रह्यो। साथै केही महत्वपूर्ण क्याच छुटाउन पुग्दा प्रतिस्पर्धात्मक स्कोरमा रोक्ने अवसरबाट नेपाली खेलाडी चुकेका थिए। एकसमय १ सय २४ रनको अवस्थामा चार विकेट गुमाएर संघर्ष गरेको पाकिस्तानले इफ्तिखरको आगमनसँगै उत्कृष्ट प्रदर्शन गर्‍यो।

अन्तिम समयमा पाकिस्तानले रनको वर्षा गरेको थियो। बाबरले आफ्नो करिअरकै दोस्रो उच्च स्कोर बनाउने क्रममा १ सय ३१ बल खेल्दै १ सय ५१ रनको उच्च शतकीय इनिङ खेले। उनको यो एकदिवसीय अन्तराष्ट्रियमा १९ औं शतक हो। उनी सर्वाधिक कम इनिङ अर्थात १०२ इनिङमा १९ शतक प्रहार गरे।

शतक प्रहार गर्दा सम्म एउटापनि छक्का प्रहार गर्न नसकेका बाबरले त्यसपछि भने ४ छक्का प्रहार गरेका थिए। त्यस्तै करिअरको पहिलो शतक बनाएका इफ्तिखरले ७१ बलमा ११ चौका र ४ छक्काको सहयोगमा १०९ रनको अविजित इनिङ खेले।

पाकिस्तानका लागि बाबर र इफ्तिखर बाहेक मोहम्मद रिजवानले ४४ रन बनाउँदा फखर जमानले १४ रनको स्कोर तयार गरेका थिए। नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान १-१ विकेट लिएका थिए। इमाम उल हक र मोहम्मद रिजवान भने रनआउटको सिकार भएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष