
काठमाडौं-समाजवादी मोर्चा नेपालले आज पोखरामा सन्देश सभा गर्दैछ। प्रदेशस्तरीय सभाका क्रममा मोर्चाले शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा सन्देश सभा गर्न लागेको हो।
पोखरा सभागृहमा हुने सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्। उनीसँगै मोर्चामा आबद्ध दलका शीर्षनेताले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सभामा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहभागी माओवादी केन्द्रका सचिव एवं समाजवादी मोर्चाका गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिए।