किन यदाकदा जोसमा होस गुमाउँछन् बालेन?

किन यदाकदा जोसमा होस गुमाउँछन् बालेन?
+
-

शनिबार राति ९:२१ मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस आयो जुन स्टाटसमा उनले सरकारलाई चोर भन्दै सिंहदरबार आगो लगाउने धम्की दिए।

कुनै प्रसंग नखुलाई उनले आक्रोशित हुँदै राखेको स्टाटसले सामाजिक सञ्जालदेखि मिडियासम्म राम्रै चर्चा पायो। उनले स्टाटसमा भनेका छन्-

आजको लागि केही भएन,

भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने

सिंहदरबारमा आगो लगाइदिन्छु।

याद राख चोर सरकार।

स्टाटस बाहिरिएसँगै सामाजिक सञ्जालमा उनको चर्को विरोध भयो। कतिपयले त गाँजा या रक्सीको तालमा स्टाटस भनेर पनि भन्न भ्याए। बालेनको उक्त पोष्ट आएको भोलिपल्ट बिहान अर्थात आइतबार बिहान करिब ८ बजे बालेन निकट मानिएको रुटिन अफ नेपाल बन्द नामक पेजले बालेनलाई पुत्री लाभ भन्दै शुभकामना दियो। सो क्रममा उसले बच्चा कहिले र कहाँ भएको, केही खुलाएन।

बालेनका समर्थनहरुलाई भने उक्त कुरा मसला भयो। सुत्केरी व्यथाले च्यापेको बालेनको पत्नीलाई रोकेको भनेर उल्टै ट्राफिक प्रहरीलाई नै गाली गर्न भ्याए। तर उक्त पोष्ट केही समय नबित्दै सच्च्याइयो र केही दिनअघि नै बच्चा भएको भनियो।

बालेनले उक्त स्टाटस आफ्नी पत्नीलाई ट्राफिकले रोकेर सोधपुछ गरेको झोँकमा नै लेखेका थिए।

यो घटना शनिबार राति करिब ८:५० बजेतिरको हो। प्रहरी स्रोतका अनुसार शनिबार राति करिब ८:५० तिर एक सरकारी नम्बर प्लेटको गाडी ललितपुरको बालकुमारीतर्फबाट कोटेश्वर चोकतिर आइरहेको थियो। छुट्टीको दिन सरकारी गाडी आएको देखेपछि ड्युटीमा खटिएका प्रहरीले चेकिङ गर्न भन्दै उक्त गाडीलाई रोके। सरकारी नम्बर प्लेटको गाडी भएकोले पास भए/नभएकोबारे सोधे तर सवारी चालकले पास नभएको तर गाडीमा म्याडम (बालेन पत्नी) भएको जवाफ दिए। प्रहरीले पास लिएर हिँड्न सुझाव दिँदै गाडी छोडिदिए। त्यसपछि गाडी गैरीगाउँतर्फ गएको थियो ।

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार भने काममा खटिएका ट्राफिक प्रहरीलेहरुले उक्त गाडी सरकारी भएको र छुट्टीको दिन हिँडेकोले पास भए नभएको सोधपुछ गर्नको लागि करिब २ मिनेट मात्रै रोकेको बताए। गाडीमा बालेन पत्नी भएको बताएपछि पास लिएर हिँड्न सम्झाउँदै प्रहरीले छोडेको थियो।

उक्त घटना पछि बालेनले स्टाटस मात्रै राखेनन्, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई टेलिफोन गरी गाडी रोकिदिएको भन्दै आक्रोशसेत पोख्न भ्याए। बस्नेतले भने घटनाक्रम बुझ्छु भन्दै फोन राखेका थिए। स्रोतका अनुसार बालेनले बस्नेतसँग महानगरको गाडी जतिबेलै काममा हुने भन्दै किन रोकेको भनेर प्रश्न गरेका थिए।

यसबारे बस्नेत भने छुट्टीको दिन पास बिनाको सरकारी गाडीलाई सोधपुछ गर्नु सामान्य कुरा रहेको बताउँछन्। उनी भन्छन्, ‘शान्ति सुव्यवस्था कायम राख्न गरिने चेकजाँच, सोधपुछ सामान्य प्रक्रिया हुन्।‘

दैनिक रुपमा भइरहने यस्ताखालका सामान्य चेकजाँच, सोधपुछ जस्ता प्रक्रियामा बालेनको समेत महत्वपूर्ण भूमिका हुने उनी बताउँछन्।

बालेनको उक्त स्टाटसपछि कतिपयले भने आफ्नो क्षेत्राधिकार बिर्सिएको भनेर पनि आवाज उठाइरहेका छन्। बालेन महानगरपालिकाको मेयर जस्तो विशिष्ठ र मर्यादित पदमा बसेर यस किसिमका अभिव्यक्ति दिन नमिल्ने धेरैको गुनासोको विषय बनेको छ।

त्यति मात्रै होइन, मेयर शाहले नैतिकता नै गुमाएर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भनेर पनि धेरैले टिकाटिप्पणी गरेका छन्।

यस विषयमा पूर्वराजदूत तथा विश्लेषक निलाम्बर आचार्य  बालेनले  नै उक्त स्टाटस लेखेको रहेछ भने उनले गलत गरेको बताउँछन्।

‘जिम्मेवार मानिसहरु आवेशमा आउनु हुँदैन, विवेकले काम गर्नुपर्छ। रिस लागिहाल्यो भने पनि त्यसलाई थामेर विचार गरेर अनि आफ्नो प्रतिक्रिया व्यक्त गर्नुपर्छ‘, उनले देशसञ्चारसँग भने, ‘यदि उहाँको नै हो त्यो स्टाटस भने सुहाउँदो छैन, आपत्तिजनक नै छ। त्यस्ले अरुलाई पनि नराम्रो दिशातिर मोड्न सक्छ। यस्तो भन्न हुने रहेछ, गर्न हुने रहेछ भन्नेतिर मोड्न सक्छ।’

बालेनले जुन रफ्तारमा काम गरिरहेका छन्, त्यसलाई आफूहरुले सकारात्मक रुपमा नै हेरिरहेको बताउँदै उनलाई होसियार हुन आचार्यले सुझाव दिएका छन्। उनी भन्छन्, ‘युवाहरुमा अलिक जोस हुन्छ। अलिक छिटो गरौं भन्ने हुन्छ त्यो जोसलाई उहाँले ‘मेन्टन’ गर्नुहोस्।‘

सार्वजनिक अभिव्यक्तिका सवालमासमेत मिडियामा आउन नरुचाउने शाह बेलाबेला सामाजिक सञ्जालमा गरेको पोष्टका कारण विवादमा आउने गरेका छन्। मिडियामा बोल्नै नचाहने शाहको स्वभावबाटै सजिलै बुझ्न सकिन्छ कि उनी आफूमाथि दमन भएको र आफ्नोबारे अरुले आलोचना गरेको सुन्न सक्दैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?