कोरोनाकालका विमितलाई तत्काल रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छः महेश बर्तौला

कोरोनाकालका विमितलाई तत्काल रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छः महेश बर्तौला
+
-

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले कोरोनाकालका विमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

सरकारले सो विमावापतको करिब ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उनले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेसँग माग गरे।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सचेतक बर्ताैलाले सरकारले नागरिकको सरोकारको विषयमा बेवास्ता गरिरहेको आरोप समेत लगाए।

‘यो सरकार माटोको तोर्माजस्तो भयो सभामुख महोदय। ऐया पनि छैन, आत्था पनि छैन। विगत ४ वर्षदेखि यो देशका एक लाख ५० हजार भन्दा बढि नागरिकहरुले कोरोनाको विमा गरेँ। त्यसबापतको ११ अर्व रकम आजसम्म प्राप्त गर्न सकेको छैन। सरकारलाई त्यसको कुनै चासो छैन, सरोकार छैन। कुम्भकर्ण निन्द्रामा पर्यो। त्यसकारण सभामुख महोदय विशेष रुलिङ होस्।’ उनले भने,’तत्काल ती विमितहरुले पाउनुपर्ने रकम ती विमितहरुले प्राप्त गर्न सकून। अर्को सवाल, मकवानपुरको त्यो मानव निर्मित इन्द्रसरोवर ताल हो। त्यहाँ १०४ मेघावाट विजुली उत्पादन हुन्छ। त्यो ताल जहाँ ८५ लाख घनमिटर पानी आज त्यो पनि करिव ६२ लाख घनमिटर बाँकि छ। २३ लाख घनमिटर बराबरको पानी हिलो माटो, बेगरले भरिएको अवस्थामा छ। त्यसमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु-तत्काल त्यो तालको सरसफाई र त्यसको संरक्षण गरियोस्।’

सचेतक बर्तौलाले मकवानपुरस्थित इन्द्रसरोबर तालको तत्काल सफाई गर्न पनि सरकारलाई दबाब दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?