
काठमाडौं- नेपालका लागि सर्वाधिक अर्धशतक बनाएका आसिफ शेखले आफ्नो करिअरको १० औं अर्धशतक प्रहार गरेका छन्। एसियाकप क्रिकेट अन्तर्गत भारत विरुद्धको जारी खेलमा २७.२ ओभरमा मोहम्मद सिराजलाई १ रन प्रहार गर्दै ५० रन पुरा गर्आदै आसिफले करिअरको १० औं अर्धशतक बनाए। उनले ८८ बलमा ५० रन बनाएका थिए।
अहिले नेपाल २७ ओभरको समाप्तीमा १ सय २५ रन बनाएर खेलिरहेको छ। क्रिजमा ओपनर आसिफ शेख ५५ र गुल्सन झा १२ रनमा अविजित छन्। नेपालले भारत विरुद्ध राम्रो सुरुवात गरेपनि मध्यक्रममा भने नेपालले विकेट गुमाउँदा भारतले केही राहत महसुस गरेको थियो।
भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिंदा अर्को १ विकेट सार्दुल ठाकरको नाममा रहेको छ। नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएक थियो। तर त्यसपछि ३६ रन जोड्दा थप ३ विकेट गुमाउन पुगेको थियो। तर अहिले आसिफ र गुल्सनले नेपाली क्रिज समालिरहेका छन्।