
काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले १ सय ५० रनको स्कोर पुरा गरेको छ। नेपालले ३३. ४ ओभरमा नेपालले डेढ सय रनको स्कोर पुरा गरेको हो।
त्यसअघि नेपालले ३१.५ ओभरमा १ सय ४४ रन बनाउँदा छैटौं विकेटका रुपमा गुल्सन झालाई २३ रनको अवस्थामा गुमाएको थियो। अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी ८ रन र सोमपाल कामी ३ रनमा अविजित रहेका छन्।
त्यसअघि नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा आसिफ शेखले ५८ रन बनाए। त्यस्तै भिम सार्कीले ७ रन बनाउँदा कप्तान रोहित पौडेलले ५ रन बनाए। कुशल मल्ल २ रनमा आउट हुँदा गुल्सन झाले २३ रनको इनिङख लेका थिए। अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी ६ रन र सोमपाल कामी शुन्य रनमा क्रिजमा रहेका छन्।
भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिंदा मोहम्मद सिराजले २ र सार्दुल ठाकुरले १ विकेट लिए।