‘रुटिन अफ नेपाल बन्द’ बन्द गर्दै सञ्चालकले लेखे- बालै छैन

‘रुटिन अफ नेपाल बन्द’ बन्द गर्दै सञ्चालकले लेखे- बालै छैन
+
-

काठमाडौँ-  ४० लाखभन्दा बढी  फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ सोमबार दिउँसोदेखि बन्द भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गैरजिम्मेवारपूर्ण स्टाटसपछि उनको बचाउमा उत्रेको ‘रुटिन अफ नेपाल बन्द’ पाठकको चर्को दबाब थेग्न नसकेर बन्द भएको हो।

सञ्चालक भिक्टर पौडेलले सोमबार केही बेरअघि फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए। त्यसलगत्तै रुटिन अफ नेपाल बन्दको फेसबुक र इन्स्टाग्रामको पेज बन्द गरिएको छ।

मेयर बालेन शाहकी पत्नी सबिना काफ्ले चढेको महानगरको सरकारी गाडी शनिबार बेलुका ट्राफिक प्रहरीले केहीबेर रोकेपछि आक्रोशित  शाहले सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए। त्यसको सामाजिक सञ्जालमा चर्को विरोध भएपछि रुटिन अफ नेपाल बन्दले बालेनलाई पुत्रीलाभ भएको भन्दै बधाई पोस्ट गरेको थियो। नौ दिनअघि भएको पुत्रीलाभलाई त्यही दिन भएजसरी रुटिन अफ नेपाल बन्दले राखेपछि चर्को आलोचना भएको थियो। त्यसपछि रुटिन अफ नेपाल बन्दले पोस्ट सच्चाएको थियो। उता बालेनले पनि आफूले लेखेको विवादास्पद स्टाटस हटाइसकेका छन्।

पेजका सञ्चालक भिक्टर पौडेललाई यसबारे सम्पर्क गर्न खोज्दा उनको फोन स्विचअफ गरिएको छ भने उनले फेसबुकमा पेज बन्द भएको नलेखे पनि स्वार्थले नखोलेको प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्- बालै छैन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष