
काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा नेपाली ब्याटरले संयमित इनिङ जारी राखेका छन्। नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रोकिएको छ।
नेपालका लागि सातौं नम्बरमा ब्याटिङका लागि आएका दिपेन्द्र सिंह ऐरीले भरतीय खेलाडी विरुद्ध उत्कृष्ट इनिङ खेलेका छन्। उनले २० बलमा ३ चौकाको सहयोगमा २७ रन बनाएर अविजित रहादा वर्षा सुरु भयो। उनलाई सोमपाल कामीले २० बलमा ११ रन बनाएर साथ दिएका छन्। दिपेन्द्र र सोमपालले सातौं विकेटका लागि ३६ बलमा ३४ रनको अविजित साझेदारी गरीसकेका छन्।
त्यसअघि नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा आसिफ शेखले ५८ रन बनाए। त्यस्तै भिम सार्कीले ७ रन बनाउँदा कप्तान रोहित पौडेलले ५ रन बनाए। कुशल मल्ल २ रनमा आउट हुँदा गुल्सन झाले २३ रनको इनिङख लेका थिए। भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिंदा मोहम्मद सिराजले २ र सार्दुल ठाकुरले १ विकेट लिए।