
काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले १७ रन बनाउँदा पुन वर्षा सुरु भएको छ। वर्षाका कारण २.१ ओभरमा खेल रोकिंदा भारतका ओपनरहरु रोहित शर्मा ७ बल खेल्दै ४ रन र शुभमन गिल ६ बल खेल्दै १२ रन बनाएर क्रिजमा छन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा २ सय ३० रन बनाउँदा अलआउट भएको थियो। भारत विरुद्ध समानजनक स्कोर तयार गर्ने क्रममा नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाउँदा सोमपाल कामीले ४८ रन तथा कुशल भुर्तेलले ३८ रन बनाए। त्यस्तै गुल्सन झाले २३ रन बनाए भने दिपेन्द्र सिहं ऐरीले २९ रनको स्कोर तयार गरेका थिए।
भारतका लागि मोहम्मद सिराज र रविन्द्र जडेजाले समान ३-३ विकेट लिएका थिए। त्यस्तै मोहम्मद सामी, हार्दीक पाण्ड्या र सार्दुल ठाकुरले समान १-१ विकेट लिए। यदि वर्षाका कारण खेल हुन नसकेमा भारत शीर्ष चारमा प्रवेश गर्ने छ।