
काठमाडौँ- चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोल्नुपर्ने लगायतका माग राख्दै माइतीघर मण्डलामा धर्ना दिएको छ।
समितिको आयोजनामा दिइएको धर्नालाई मंगलबार २५ औँ दिन पनि निरन्तरता दिइएको हो।
धर्नामा सहभागीले ब्यानर राखी थाल बजाउँदै शंख-सिट्टी बजाउँदै प्ले कार्डसहित ‘गोविन्द केसी मुर्दावाद’, ‘भ्रष्ट शिक्षामन्त्री मुर्दावाद’ भन्दै नारा लगाएका छन्। उनीहरू नारा लगाउँदै माइतीघर मण्डलाबाट नयाँ बानेश्वर, नयाँ बानेश्वरबाट पुन:माइतीघर मण्डलासम्म र्याली गरिरहेका छन्।
यी हुन् उनीहरूका मागहरू:
१) निरंकुश, स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन संसोधन गर्नुपर्ने ।
२) सिटिइभिटीको तुरुन्त पुर्नसंरचना गर्नुपर्ने ।
३) प्रि-डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई स्तरउन्नती गर्न बाँकी रहेका संस्थाहरुको स्तरउन्नति गरी तत्काल भर्ना खोल्नुपर्ने ।
४) आयोग र सिटिइभिटीको बदनियतले बन्द भएका नर्सिङ्ग कलेजहरुमा तत्काल भर्ना खोल्नुपर्ने ।
५) कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरुको रोजगारीको निश्चित गर्नुपर्ने ।
६) छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर पाउने निश्चित गर्नुपर्ने ।
७) पारामेडिकल अन्तर्गतका नर्सिङ लगायतका विषयहरू चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने ।
८) खुला बजार अर्थनीति अनुसार शुल्क निर्धारण हुने व्यवस्था गर्नुपर्ने ।
९) हरेक तहका लागि छुट्टाछुट्टै अस्पताल चाहिने अव्यवहारिक कार्यविधी खारेज गर्नुपर्ने ।
१०) विश्वविद्यालय, प्रतिष्ठानहरू, विषयगत काउन्सिलहरू र सिटिइभिटीको स्वायत्ततामाथि हस्तक्षेप तत्काल बन्द गर्नुपर्ने ।
११) विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका सवै विधा समेटि दरवन्दि कायम गरी तुरुन्त पदपूर्ति गर्नुपर्ने ।
१२) स्वास्थ्य कर्मि तथा स्वास्थ्य संस्थाहरुको सुरक्षा, सुरक्षित काम गर्ने बातावरण, वृत्ति विकास तथा उच्च शिक्षा अध्ययन को अवसरको निश्चित गर्नुपर्ने ।
१३) देशमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको लगानिको सुरक्षाको निश्चित गर्नुपर्ने ।
१४) नेपाललाई मेडिकल, नर्सिङ्ग तथा पारामेडिकल शिक्षाको गन्तव्य बनाउने निति अख्तियार गर्दै शिक्षण संस्थाहरुमा कोटा पद्धती खारेज गर्नुपर्ने ।
तस्बिरहरू: