विद्यालय नाटक महोत्सवमा १४ नाटकको प्रतिस्पर्धा

विद्यालय नाटक महोत्सवमा १४ नाटकको प्रतिस्पर्धा
+
-

पोखरा- पोखरामा आयोजना गरिएको विद्यालय नाटक महोत्सवमा १४ नाटक मञ्चन हुने भएको छ। भदौ २७ देखि असोज १२ गतेसम्म पोखरा थिएटरको आयोजनामा ५ औं संस्करणको नाटक महोत्सव हुँदैछ।

पोखरा महानगरपालिकाभित्रका विद्यालयले १४ नाटक मञ्चन गर्ने महोत्सव संयोजक परिवर्तनले बताए। उनका अनुसार काठमाडौंबाट आएको थप १ अतिथि नाटक मञ्चन हुनेछ।

नाटक महोत्सव आयोजना गर्न पोखरा प्रज्ञा-प्रतिष्ठानले सघाएको छ। गण्डकी प्रज्ञा-प्रतिष्ठान र राइट फर चिल्डेनलेसमेत सहकार्य गरेका छन्।

महोत्सवको पहिलो दिन भदौ २७ गते हिल पोइन्ट मावि माटेपानी पोखराको नाटक ‘शिलान्यास’ मञ्चन हुनेछ। रमेश तिमल्सिनाले निर्देशनमा तयार नाटकका लेखक भीमनिधि तिवारी हुन्।

२८ गते नवदिप बोर्डिङ स्कुल अमरसिंहले तयार ‘म..म..म..म..भुत’ नाटक मञ्चन हुनेछ। सरुभक्तद्वारा लिखित नाटकको निर्देशक दिप्सना विश्वकर्मा हुन्। भदौ २९ मा प्रगति मावि बाटुलेचौरले तयार पारेको नाटक ‘भोला’ मञ्चन हुनेछ।

टंक चौालगाईंद्वारा लिखित नाटक मीना भण्डारीको निर्देशनमा मञ्चन हुनेछ।
विजय मल्लको लेखन र धनकाजी श्रेष्ठको निर्देशनमा तयार ‘कोही किन बर्बाद होस्’ नाटक मञ्चनको पालो भदौ ३० गते परेको छ।

भानुभक्त आवासिय मावि सिम्पानीको ‘अँध्यारामा बाँच्नेहरु’ नाटकको भदौ ३१ गते मञ्चन हुनेछ। मानबहादुर मुखियाले लेखेको नाटक मनोज अधिकारीले निर्देशन गरेका हुन् ।

असोज ३ गते अतिथि नाटकको पालो छ। काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको नाटक ‘खेल्ने बेला खेल्छौं, पढ्ने बेला पढ्छौं’ टंक चौलागाईंको लेखन तथा निर्देशनमा हेर्न पाइनेछ।

असोज ४ गते गुरुकुल विद्यासदन नयाँबजारको ‘किर्तिपुरको युद्धमा’ नाटक मञ्चन हुनेछ। हृदयचन्द्रसिंह प्रधानले लेखेको नाटक मिलन श्रेष्ठले निर्देशन गर्नेछन्।

असोज ५ गते ‘मुना मदन’ नाटक माउण्ट अन्नपूर्ण मावि नदिपुरले मञ्चन गर्नेछ। लक्ष्मी प्रसाद देवकोटाले लेखेको खण्डकाव्य सोनिका कार्की खत्रीको नाट्य रुपान्तरण र निर्देशनमा हेर्न पाइनेछ।

असोज ६ गते बाल मन्दिर मावि नदिपुरको ‘पाठशाला’ नाटकको पालो परेको छ। टंक चौलागाईं लेखक रहेको नाटक सुसन पौडेलले निर्देशन गर्दैछन्।

असोज ७ गते ‘आँधीको मनोरम नृत्य’ नाटक भाष्कर मेमोरियल स्कुल फूलबारीले देखाउनेछ। घिमिरे युवराजले लेखेको नाटक रोशनी रामदामले निर्देशन गर्नेछिन्।

असोज ८ गते ‘हिउँजस्तो गोरी’ नाटक सनफ्लावर बोर्डिङ स्कुल अर्चलबोटले मञ्चन गर्नेछ। यो नाटक नाट्य रुपान्तरण दिप्सना विश्वकर्माले गरेकी छन्। निर्देशन दिलिप देवकोटाले गर्दैछन्।

असोज ९ गते केफ मावि सिम्पानीको ‘कर्मको फल’ नाटकको पालो परेको छ। भानुभक्त अविरलले लेखेको नाटक रोहित पौडेलले निर्देशन गर्नेछन्।

असोज १० गते ‘यति’ नाटक हेर्न पाइनेछ। छोरेपाटन मावि छोरेपाटनले सरुभक्तको लेखन र अनुषा परियारको निर्देशनमा मञ्चन गर्नेछ।

असोज ११ गते एसओएस हर्मन माइनर स्कुल पोखराको ‘बिर्सन नसकिने मान्छे’ नाटक हेर्न पाइन्छ। अमृत परियारले निर्देशन गर्ने यो नाटकको लेखक वासु शशी हुन्।

महोत्सवको अन्तिम दिन असोज १२ गते कास्की मोर्डनाइज्ड एकेडेमी चाउथेको नाटक ‘मसान’ हेर्न पाइनेछ। अञ्जु दाहालको निर्देशनमा तयार नाटकका लेखक गोपाल प्रसाद रिमाल हुन्।

सबै नाटक दिउँसो साढे १ बजेपछि गन्धर्व नाटकघर ग्रैहापाटन पोखरामा मञ्चन हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?