जलवायु न्यायलाई प्राथमिकता दिन सभामुखको ध्यानाकर्षण

जलवायु न्यायलाई प्राथमिकता दिन सभामुखको ध्यानाकर्षण
+
-

काठमाडौं–अन्तराष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन सभामुखको ध्यानाकर्षण गराएको छ।

एक्सन एडकी कार्यकारी निर्देशक सुजिता माथेमासहितको टोलीले मंगलबार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण–पत्र बुझाउँदै जलवायु परिवर्तनको क्षेत्रमा वैदेशिक सहयोग प्राप्त गर्दा ऋण नभई अनुदान लिनुपर्ने, जलवायु वित्तलाई पारदर्शी बनाउनुपर्ने, जलवायु परिवर्तनको असरबाट प्रभावित विपन्न समुदायलाई सहायता प्रदान गर्नुपर्ने लगायत कार्यमा संसदको भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

जलवायु परिवर्तनको क्षेत्रमा नेपाल सरकारले अन्तराष्ट्रिय पहलहरुमा सक्रियतापूर्वक काम गर्दै दीर्घकालिन रणनीति निर्माण गरी सन् २०४५ सम्ममा दिगो रुपमा कार्वन उत्सर्जन घटाउने र खुद शुन्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेपनि जलवायू न्यायको मुद्धाले प्राथमिकता नपाएको भन्दै एक्सन एडले त्यसका लागि पहल गर्न संसदको ध्यानाकर्षण गराएको संस्थाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

संस्थाको ‘जलवायु न्याय अभियान’अन्तर्गत एक्सन एडले बुझाएको ध्यानाकर्षण–पत्रमा जलवायू परिवर्तन असरलाई सम्वोधनका लागि नीतिहरुलाई समय अनुकूल परिवर्तन गर्न, उपयुक्त ढंगमा बजेट विनियोजन गर्न तथा सरकारका लक्ष्यहरुको सक्रियतापूर्वक अनुगमन गर्न संसदलाई आग्रह गरिएको छ।

जलवायु परिवर्तनको क्षेत्रमा कार्यक्रम सञ्चालनका लागि वैदेशिक ऋण नभई अनुदानका लागि पहल गर्नुपर्नेमा जोड दिएको छ।
त्यस्तै, जलवायु वित्तमा प्रभावकारी कदम चाल्न संसदीय समिति गठन गर्न समेत एक्सन एडले आग्रह गरेको छ।

संस्थाले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभामुख घिमिरेले जलवायुजन्य चुनौती सम्वोधनका लागि आफू प्रतिवद्ध रहेको र त्यसका लागि पहल गर्ने बताए।

एक्सन एड नेपालले जलवायु न्यायका लागि युवा व्यक्ति, महिला र बालबालिकालाई सहभागी गराएर सचेतना जगाउन नेपालमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। सो अभियान सेप्टेम्वर ४ देखि विश्वव्यापी रुपमा औपचारिक शुरुवात भएको संस्थाले जनाएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष