
काठमाडौं- आज श्रीकृष्णको जन्मदिन अर्थात् श्रीकृष्ण जन्माष्टमी। यस अवसरमा श्रीकृष्णको पूजा आराधनाका लागि बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको छ।
यस अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
हिन्दू धर्मका अनुसार द्वापरयुगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ। भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ।
धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ। हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।
विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो। पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन्।