बाघ मरेपछि सिन्दूरजात्रा…(फाेटाे फिचर)

बाघ मरेपछि सिन्दूरजात्रा…(फाेटाे फिचर)
+
-

पोखरा – बाघलाई ल्ययाउने तालमा बाजा बज्यो। ढेके ग्वाराले बाघ घेर्न थाले। बाघ फेला परेपछि सेनापतिले बाघ मार्ने अनुमित दिए। बाघ मार्नलाई स्वयंम राजारानी, प्रधानमन्त्री, मन्त्री, सुरक्षाकर्मीको उपस्थित थिए। बाघलाई ढेके ग्वाँराले खेदीखेदी मारे। बाघ मरेपछि सिन्दूर जात्रा गर्दै खुशियाली मनाइयो।

बुधबार पोखरा रंगशालामा बाघ मरेको खुशियालीमा सिन्दूरजात्रा गर्दै बाघजात्रा सकिएको छ। पोखरामा २३ वर्षपछि बाघाजात्रा निकालिएको हो। ३ दिनसम्म बाघाजात्रा देखाइयो। बाघजात्रा टोलीले पोखराका विभिन्न क्षेत्र परिक्रमा गर्‍यो।

नेवार समुदायमा प्रचलिलत बाघजात्रा लामो समयपछि देखाइएकाले सकिने दिन पोखरा रंगशालाको फुटबल स्टेडियममा हजारौं पोखरेली जात्रा हेर्न आए। जात्रामा जात्रै जात्राको भीड थियो। भक्तपुरबाट घिन्ताङघिसि ल्याएरसमेत प्रदर्शन गरियो।

परापूर्वकालमा पोखरामा घनावस्ती थिएन। जंगलबाट वस्ती पसेको बाघले दिनकै घर पालुवा जनावार आक्रमण गरेर निकै सतायो। जनताले राजालाई गुहारेर हिंस्रक बाघ मार्न माग राखे। राजाले सैनिक खटाएर गौंडा ढुकेर बाघ मारेर जनतालाई खुशि बनाए। त्यसैको खुशियालीमा सिन्दूर जात्रा गरेर बाघजात्रा मनाउन थालेको कथन छ।

पोखरामा २००६ सालदेखि बाघजात्रा निकालिएको जानकारहरु बताउँछन्। तर, नेवार समुदायका अगुवाहरु नै यसमा एकमत छैनन्। कतिपय २०१४ सालदेखि मात्रै सुरु भएको बताउँछन्। पछिल्लो पटक २०५७ सालमा पोखरामा बाघजात्रा निकालिएको थियो।

राजा, रानी, प्रधानमन्त्री, मन्त्री, सेना, प्रहरी, यमराज, ज्यासीन्यासी, ढेके ग्वाराको भुमिका निर्वाहा गर्ने कलाकारसँगै तायाः मचा, कुमारी, लाखे र घोडा नाचको देखाइने भएकाले कम्तिमा पनि १५० बढी कलाकार चाहिन्छ। कलाकारको जम्बो टोलीको खर्च धान्न मुस्किल भएकाले नियमित देखाउन समस्या भएको बाघजात्रा आयोजक समितिका सचिव सुनिल उलकले बताए।

‘ठूलो संख्यामा कलाकारको आवश्यकता पर्छ। २/४ जनाले चाहेर केही गर्न सकिन्न’, उनले भने, ‘जात्रामा देख्नुभयो कम्तिमा ४ सय जना कलाकार सम्मिलित हुनुहुन्छ। दर्शक त आफ्नो हिसाबले घट्ने बढ्ने होला। ४ सय जनालाई तीन दिनसम्म म्यानेज गर्ने खर्चकै समस्या हुन्छ।’

अब भने नियमित रुपमा बाघजात्रा देखाउने उलकले बताए। नियमित जात्रा प्रदर्शनका लागि यसपालि आर्थिक संकलन गरिएको छ। १० लाख रुपैयाँ बढी संकलन भएको उनले जानकारी दिए। कोषलाई वृद्धि गरेर जात्रा नियमित देखाउने उनको भनाइ छ।

उनले भने, ‘अब प्रत्यक ६ वर्षमा गर्ने हाम्रो योजना छ। यसका लागि सबभन्दा बलियो आर्थिक स्रोत हुन्छ। र यो जात्राबाट हामीले केही पैसा जोगाएर त्यसलाई फिक्स डिपोजिट गरेर ब्याजबाट अर्को पटक देखाउन सक्छौं कि भन्नेछ’, उनले सुनाए।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे पनि अब जात्रालाई नियमित गर्नुपर्नेमा सहमत छन्। उनले पहिला बाघ जात्रा नेवारी टोलले स्वतस्फूर्त देखाउने गरेको उल्लेख गरे। बाघजात्रा नेवारको संस्कृति नभइ जात्रा मात्रै भएको उनको भनाइ थियो।

‘नेवाहरु बढी व्यपार गर्ने भएकाले बर्खामा बिजनेस नहुँदा बाहिरको मान्छे तान्ने उपाय हो’, पालिखेले भने, ‘अहिले २३ वर्षपछि निस्किएछ। हामीले सोचिरहेका छौं नियमित कसरी गर्ने भन्ने कुरामा। तर, यो जात्रा निक्लनुपर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?